२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मल निवासले बुझ्न मानेन काठमाडौं महानगरको जरिवाना पत्र, आयोजकलाई बुझाउन सचिवालयको सुझाव



अ+ अ-

काठमाडौं। निर्मल निवासले काठमाडौं महानगरपालिकाको जरिवाना पत्र बुझ्न अस्वीकार गरेको छ ।

कार्यक्रम आयोजक निर्मल निवास नभएकाले आयोजकलाई पत्र बुझाउन निवासको सचिवालयका सदस्यहरुले महानगरबाटबाट खटिएका कर्मचारीलाई आग्रह गरेका थिए ।

महानगरपालिकाको टोली पूर्वराजा ज्ञानेन्द्र शाहलाई तोकिएको ७ लाख ९३ हजार जरिवाना गरिएको पत्र लिएर निर्मल निवास गएको थियो ।  पत्र बुझ्न नमानेपछि टोली यत्तिकै फर्केको छ ।

गत शुक्रबार राजावादीहरुको प्रदर्शनको क्रममा भएको भएको फोहोर र तोडफोड र दमकल प्रवेश गर्न नदिईएको विषयमा महानगरले ७ लाख ९३ हजार जरिवाना तोकेको छ ।