१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

शिक्षक महासंघ भिमाद नगर समितिको अध्यक्षमा लम्साल सर्वसम्मत

शिक्षक महासंघ भिमाद नगर समितिको अध्यक्षमा लम्साल सर्वसम्मत
अ अ+ अ-

तनहुँ । नेपाल शिक्षक महासंघ भिमाद नगर समितिको अध्यक्षमा सुरज लम्साल सर्वसम्मत चयन भएका छन् ।

शनिवार सम्पन्न भएको प्रथम अधिवेशनबाट जनज्योति माध्यमिक विद्यालयका शिक्षकसमेत रहेका लम्सालको नेतृत्वमा २२ सदस्यीय समिति गठन भएको हो ।

लम्साल नेपाल राष्ट्रिय शिक्षक सङ्गठन भिमादको निवर्तमान अध्यक्ष हुन् ।

यस्तै, महासंघको सहअध्यक्षमा केशवराज तिमिल्सिना, उपाध्यक्ष श्रीकान्त उपाध्याय, महिला उपाध्यक्ष ईश्वरी पाण्डे अधिकारी, सचिव केशवराज कँडेल, सहसचिव प्रकाश तिमल्सिना, महिला सहसचिव बुद्धिमाया थापा र अर्थ सहसचिव मदन कुमार थापा चयन भएका छन् ।

त्यसैगरी सदस्यहरूमा दर्शन थापा, गोविन्द सिग्देल, गीता श्रेष्ठ, जीमाया थापा, मनिषा लम्साल, पदम राना, कमलकान्त सुवेदी, सुजन ढेवाजू, माधवी सिग्देल, भीष्म राना मगर र योगबहादुर नेपाली चयन भए । समितिमा केदारनाथ सिग्देल, केशरबहादुर खड्का र महेन्द्र सिग्देल पदेन सदस्य रहेका छन् ।

भिमाद नगरपालिका कार्यालयको सभाहलमा कार्यक्रम संयोजक केशर बहादुर खड्काको अध्यक्षतामा गरिएको कार्यक्रमको भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले उद्घाटन गरेका थिए ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै सुवेदीले भिमादको शैक्षिक सुधारका लागि सँगसँगै हातेमालो गर्न महासंघसँग आग्रह गरे । शिक्षकहरु अधिकारसँगै आफ्नो कर्तव्यप्रति जिम्मेवारी हुनुपर्ने उनको भनाई छ ।

यसैगरी महासंघका जिल्ला अध्यक्ष चन्द्रमणि कोइरालाले वर्तमान आन्दोलनमा सम्पूर्ण शिक्षकहरू एकाताबद्ध भएर लाग्न आह्वान गरे ।

शिक्षक संघ भिमादका सचिव विजयराज गौतमले कार्यक्रम संचालन गरेको कार्यक्रममा भिमाद नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव सन्दिप पौडेल, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन तनहुँ जिल्ला अध्यक्ष बाबुराम रानाभाट, शिक्षक संघ भिमादका अध्यक्ष केदारनाथ सिग्देल, जनज्योति माविका प्रअ गणेश सुवेदी लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन भिमादका अध्यक्ष महेन्द्र सिग्देलले स्वागत मन्तव्य राखेको शिक्षक चिनकाजी थापाले जानकारी दिए ।