५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

निगमलाई किस्ता तिर्नै सकस



अ+ अ-

काठमाडौँ  । कोभिड–१९ सङ्क्रमणका कारण नियमित उडान बन्द भएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको आम्दानी मात्र घटेको छैन जहाज खरिदका लागि लिएको ऋणको किस्ता दायित्वले थप समस्यामा परेको छ ।

पछिल्लोपटक गत पुस मसान्तमा त्रैमासिक किस्ता तिरेको निगमले त्यसयता सम्झौताअनुसार तिर्नुपर्ने दुईवटा त्रैमासिक किस्ता तिर्न सकेको छैन । अझै थप केही दुई÷तीनवटा किस्ता समयमै तिर्न नसकिने अवस्थाबाट समेत ध्वजावाहक गुज्रिएको छ ।

उडान नहुँदा किस्ता तिर्नै समस्या भएपछि निगमले अर्थ मन्त्रालयसमक्ष पाँचवटा जति किस्ता भुक्तान गरिदिनसमेत प्रस्ताव गरेको छ । निगमले कर्मचारी सञ्चय कोषलाई तिर्नुपर्ने किस्ता सरकारले लिएर त्यसबाट निगममा स्वामित्व बढाओस् भन्ने ढङ्गबाट मन्त्रालयमा प्रस्ताव लगिएको निगमका कार्यकारी अध्यक्ष सुशील घिमिरेले बताउनुभयो ।

सरकारले केही किस्ता तिरिदिए त्यसपछि आफ्नै आम्दानीबाट तिर्नसक्ने अवस्था रहने उहाँले बताउनुभयो । तत्कालका लागि हाम्रा ‘डिफल्ट’ किस्ताहरू चाहिँ नेपाल सरकारले आफ्नो हिस्सामा लिएर आफ्नो ‘इक्विटी’ निगममा बढाओस् भन्ने चाहेको हो, उहाँले भन्नुभयो ।

जहाज खरिदसहित सरकार तथा अन्य निकायबाट समेत गरेर निगमले ३७ अर्ब रुपियाँभन्दा बढी ऋण लिएको छ । यसमध्ये ठूलो रकम जहाज खरिदकै छ । अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका एयर बस कम्पनीका दुई थान न्यारोबडी (ए ३२०) जहाज र पछिल्लोपटक थपिएका एयर बसकै दुई थान वाइडबडी जहाज (ए ३३०) गरी निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट करिब ३४ अर्ब रुपियाँ ऋण लिएको थियो ।

न्यारोबडी जहाजका लागि निगमले सञ्चय कोषबाट वार्षिक १०.५० प्रतिशत ब्याज दरमा आठ अर्ब ८७ करोड १६ लाख रुपियाँ ऋण लिएको थियो । यस हिसाबले न्यारोबडी जहाजको वार्षिक ब्याज दायित्व मात्रै ९३ करोड १५ लाख रुपियाँ हुन आउँछ । सावाँ र ब्याजसमेत गरेर मासिक किस्ता ११ करोड रुपियाँ न्यारोबडीकै ऋणबापत बुझाउनुपर्ने दायित्व निगमको छ ।

वाइडबडी जहाजका लागि सञ्चय कोषसँगै १०.५० प्रतिशत ब्याजमा निगमले ११ अर्ब ९९ करोड ६१ लाख रुपियाँ ऋण लिएको थियो । यस हिसाबले वार्षिक ब्याज नै एक अर्ब २५ करोड रुपियाँ हुन आउँछ । त्यस्तै अर्को वाइडबडी जहाजका लागि नागरिक लगानी कोषसँग वार्षिक १०.५० प्रतिशत ब्याजमा १२ अर्ब रुपियाँ ऋण लिएको थियो जसको वार्षिक ब्याज एक अर्ब २६ करोड रुपियाँ हुन आउँछ । यी दुवै वाइडबडी जहाजको सावाँ र ब्याजसमेत गरेर मासिक किस्ता करिब २१ करोड रुपियाँ हुन आउँछ तर निगमले त्रैमासिक रूपमा किस्ता बुझाउँदै आएको छ ।

निगमले पछिल्लोपटक गत पुसमा वाइडबडीको किस्ताबापत ६६ करोड ५५ लाख ९९ हजार र न्यारोबडीको ३४ करोड ८५ लाख रुपियाँ गरी एक अर्ब एक करोड ४१ लाख रुपियाँ किस्ता भुक्तान गरेको थियो । निगमको समग्र ऋणबापत वार्षिक साढे तीन अर्ब रुपियाँभन्दा बढी ब्याज दायित्व रहेको अवस्था छ ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।