१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

प्रदर्शनका नाममा सुनियोजित आक्रमण भयो, कानूनअनुसार कारबाही गर्छौंः गृहमन्त्री

प्रदर्शनका नाममा सुनियोजित आक्रमण भयो, कानूनअनुसार कारबाही गर्छौंः गृहमन्त्री
अ अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राजावादीहरुले गरेको आक्रमण र हत्याको कानून बमोजिम कारबाही हुने बताउनुभएको छ ।

शनिवार नेकपा (एकीकृत समाजवादी)को पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले जनधनको क्षति गर्नेहरुमाथि कानून बमोजिम अनुसन्धान गरेर कारबाही गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।

राजावादीहरुले तीनकुनेमा शुक्रवार गरेको आन्दोलनका क्रममा दुई जनाको मृत्यु भएको छ भने सार्वजनिक र निजी सम्पतीमाथि तोडफोड गरिएको छ । आक्रमणकारीहरुले शुक्रवार नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालयमा तोडफोड गरी आगो लगाएका थिए ।

सोही अनुगमन एवं निरीक्षणका क्रममा आलोकनगर पुग्नुभएका गृहमन्त्री लेखकले शुक्रवारको राजावादीहरुले प्रदर्शनका नाममा गरेको हिंसा राजनीतिक दर्शन, आदर्श, सिद्धान्त, मान्यता,चेतनासँग टाढाटाढाको पनि साइनो नरहेको जिकिर गर्नुभयो । शुक्रवारको आन्दोलन प्रदर्शन भन्दा बढी अपराधिक घटना भएको बताउनु भयो ।

आततायी र अमानवीय ढंगले घटना गराइएका भन्दै गृहमन्त्री लेखकले आन्दोलनकारीले मानिसहरु घरभित्र छन् भनेर थाहा हुँदाहुँदै घरमा आगो लगाउँदा एक जना पत्रकारको ज्यान गएको र नागरिकको सुरक्षार्थ प्रहरीले बल प्रयोग गर्दा अर्का एक जनाको निधन भएको बताउनु भयो । निधन हुनेहरुप्रति दुःख व्यक्त गर्दै उहाँले घाइतेप्रति शिघ्र स्वास्थ्य लाभको गर्नुभयो ।

गृहमन्त्री लेखकले भन्नुभयो, ‘हिजो जुन प्रदर्शनका नाममा जे कामहरु भएका छन्, यसको राजनीतिक दर्शन, आदर्श, सिद्धान्त, मान्यता,चेतनासँग टाढाटाढाको पनि साइनो छैन । यो अत्यन्त ज्यादा अपराधिक घटना भएको छ । आततायी र अमानवीय ढंगले घटना गराइएका छन् । त्यो पनि फलानो फलानो ठाउँमा आक्रमण गर्ने भनेर घोषणा गर्ने भनेर ति कामहरु भएका छन् । मानिसहरु घरभित्र छन् भनेर थाहा हुँदाहुँदै घरमा आगो लगाइएको छ । एकजना पत्रकारको ज्यान गएको छ । एक जना अर्को मानिसको पनि ज्यान गएको छ ।

प्रहरीले नागरिकको ज्यानको सुरक्षा गर्नका लागि बल प्रयोग गर्नुपर्ने भयो । त्यसप्रति मेरो दुःख छ । घाइतेप्रति शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । सरकारले आवश्यक उपचार गर्दछ । हिजो जुन बर्बरतापूर्वक घटना भएका छन् । सञ्चारगृहमाथि आक्रमण गर्ने, छानिछानि गणतन्त्रवादी विचार राख्ने राजनीतिक दलका नेताका घरमा, पार्टी कार्यालयमा आक्रमण गर्ने, निजी र सरकारी सम्पती ध्वस्त गर्ने, सपिङ कन्फ्ेल्क्सहरुमा आक्रमण गर्ने जुन प्रकृतिको आक्रमण भएको छ । त्यसमा कानून बमोजिम अनुसन्धान गरेर कारबाही हुन्छ ।’

गृहमन्त्री लेखकले शुक्रवार राजावादीहरुले सञ्चारगृह,छानिछानि गणतन्त्रवादी विचार राख्ने राजनीतिक दलका नेताका घर र पार्टी कार्यालयमा आक्रमण गर्ने, निजी तथा सरकारी सम्पती ध्वस्त गर्ने, सपिङ कन्फ्ेल्क्सहरुमा आक्रमण गरेको बताउनु भयो । उनीहरुमाथि सरकारले अनुसन्धान गरी कारबाही गर्ने बताउनु भयो ।