२५ चैत्र २०८१, सोमबार
April 7, 2025 Monday

22.27°C

काठमाडौं

22.27°C

Kathmandu

Feels-like: 22.01

Wind: 2.06

Humidity: 56

Latest
अन्नपूर्ण क्षेत्रमा आठ महिनामा एक लाख ४० हजार पर्यटक त्रिभुवन विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ योगामा नेपाल २ स्वर्णसहित ६ पदक प्रधानमन्त्रीद्वारा शिक्षक समुदायका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल नेपाली बक्सिङ टोली ‘फोर नेसन्स कप’का लागि भुटान प्रस्थान जापानी सम्राटद्वारा द्वितीय विश्वयुद्धको युद्धस्थल इवोजिमाको भ्रमण ‘अञ्जिला’को गीत ‘यो देशको झण्डा’ सार्वजनिक, निर्देशकले चाम्सले मागे ‘स्पोर्ट्स एन्थम’को मान्यता धरानवासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्योः प्रधानमन्त्री उच्चस्तरीय न्यायिक आयोग गठन गर्न राप्रपा नेपालको माग नेपालमा राजसंस्था पुनःस्थापनाको लागि भारतले उचाल्यो भन्ने हल्ला झुटो होः सभापति देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पक्राउ परेका नेताको रिहाई र घटनाको छानबिन गर्न कमल थापाको माग



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले शुक्रबारको घटनाको निश्पक्ष छानबिन हुनुपर्ने र दोषीलाई कारबाही गरिनुपर्ने माग राख्नु भएको छ ।

आज सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्ने क्रममा थापाले हिजोको घट्नाहरु दु:खद् रहेको र कुनैपनि बहानामा हिंसा र अराजक गतिविधि समर्थन गर्न नसकिने जनाउनु भएको छ ।

थापाले हिंसा, अराजकता वा अपराधिक कुनै पनि घटनामा संलग्न नरहेका भन्दै राप्रपाका नेताहरु धवल शमसेर राणा, रवीन्द्र मिश्र, नवराज सुवेदी, स्वागत नेपाल लगायत सबैको तत्काल रिहाईको माग गर्नुभएको छ ।

यस्तो थापाको धारणा:

चैत १५ गते काठमाडौंमा प्रदर्शनको क्रममा भएका अप्रिय घटनाहरु दुस्खद छन्। कुनै पनि वहानामा हुने हिंसा र अराजक गतिविधि समर्थन गर्न सकिन्न। प्रहरीको गोलीबाट सविन महर्जनको निधन हुनु र प्रदर्शनकारीहरूले आगो लगाई दिएको घरमा जलेर पत्रकार सुरेस रजकको मृत्यु हुनु जघन्य अपराध हुन्। यो घटनाको निष्पक्ष छानविन हुनुपर्छ र दोषीलाई कार्वाही गर्नै पर्छ।

पार्टी कार्यालय,निजी घर, सुपर मार्केट र सरकारी कार्यालयमा भएको तोडफोड र आगजनी निन्दनीय छ।

तर, हिजोको घटनाको सन्दर्भमा केही गंभीर प्रश्नहरू पनि छन्। निजी घरमा पसेर प्रहरीले जुलुसमा किन अन्धाधुन्ध अश्रुग्यास प्रहार गर्‍योरु कार्यक्रम शुरु हुनु अगावै मञ्चमा किन अश्रुग्यास प्रहार गरियोरु सामान्य झडप हुँदा किन अनावश्यक बल प्रयोग गरेर भिडलाई उत्तेजित बनाउने काम भयोरु परिस्थिति जटिल छ भन्ने पूर्व सूचना हुँदाहुँदै किन आवश्यक सतर्कता अपनाईएनरु राजसंस्था र हिन्दुराष्ट्र पुन:स्थापनाको अभियानलाई बदनाम गर्न र तुहाउन कहिँ कतैबाट षडयन्त्र त भएको थिएन रु आन्दोलनलाई अराजक बनाउने सरकारी वा अन्य कसैको नियोजित प्रयास त होइन रु यि र यस्ता प्रश्नहरूको निष्पक्ष छानविन हुनुपर्छ।

भविष्यमा यस्ता घटनाहरू दोहरिन नदिन आयोजक र सरकार दुवै सतर्क र संयम हुनु जरुरी छ। तर, हिजोको घटनालाई अतिरञ्जित ढङ्गबाट बढाई चढाई गरी प्रतिशोध साध्ने वा हिन्दुराष्ट्र र राजसंस्था पुन:स्थापनाको आन्दोलनलाई तुहाउन सकिन्छ भन्ने कसैले सोचेको छ भने त्यो असफल र प्रत्युत्पादक हुनेछ। हिजोको घटनालाई आधार बनाएर देशमा कायम रहेको भ्रष्ट व्यवस्था र भ्रष्ट शासकका ज्यादतीलाई लुकाउन सकिन्छ भन्ने कसैले नसोचे पनि हुन्छ।

यहि घटनालाई जोडेर अथवा यही मौका हो भन्ने ठानेर राजा वा राजसंस्थासहितको प्रजातन्त्रको बिचारलाई बदनाम गर्ने वा दमन गर्ने सोच राखियो भने त्यसले परिस्थितिलाई झन जटिल बनाउने छ।

केही अप्रिय घटनाहरुको वावजुद हिजोको प्रदर्शनले हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा जनलहर बढ्दो छ, र त्यो सशक्त हुँदै गएको छ भन्ने तथ्यलाई समेत उजागर गरेको छ। त्यसर्थ, जनताको परिवर्तित चाहनाको सम्मान गर्दै वार्ताको माध्यमबाट सबै बिचार र शक्ति अटाउने निकास खोज्न सम्बद्ध सबैमा हार्दिक अपिल गर्दछु।

भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति तथा हिन्दुराष्ट्र र राजसंस्थाको पुन:स्थापनाको पक्षमा आगामी दिनमा शान्तिपूर्ण ढङ्गबाट हामी अघि बढ्ने छौँ। हिजोको घटनाबाट पाठ सिकेर राष्ट्रवादी आन्दोलनलाई अझ सशक्त तुल्याउनु पर्दछ । हिन्दुराष्ट्र र राजसंस्था पक्षधरलाई कत्ति पनि विचलित नहुन म आह्वान गर्दछु।

हिजोको घटना वा कुनै दल वा समुहले गर्ने कार्यसँग राजालाई जोड्न खोज्नु सर्वथा अनुपयुक्त र अनावश्यक छ ।

साथै, हिंसा, अराजक वा अपराधिक कुनै पनि घटनामा संलग्न नरहेका राप्रपाका नेताहरु धवल शमसेर राणा, रवीन्द्र मिश्र, नवराज सुवेदी, स्वागत नेपाल लगायत सबैको तत्काल रिहाई माग गर्दछु।