१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

अस्पतालले उपचार गर्न नमान्दा ज्यान गयो

अस्पतालले उपचार गर्न नमान्दा ज्यान गयो
अ अ+ अ-

वीरगन्ज । २० वर्षीया विष्णु लामाको ज्वरो बिहीबार साँझसम्म निको भइसकेको थियो । शुक्रबार राति एक्कासि श्वासप्रश्वासमा समस्या देखियो । चार वर्षीया छोरीसहित वीरगन्ज महानगरपालिका–२ छपकैयास्थित माइतीमा बस्दै आएकी उनलाई राति करिब ११ बजे रिक्सामा राखेर आदर्शनगरस्थित एड्भान्स मेडिकेयर हस्पिटल पुर्याइयो । ‘त्यहाँ भर्ना लिन नमानेपछि बहिनीलाई नारायणी अस्थायी कोरोना (गण्डक) अस्पताल लग्यौं,’ विष्णुकी भाउजू अञ्जु तामाङले भनिन्, ‘अस्पतालले भर्ना नलिएपछि रिक्सामा गण्डक नजिकैको नारायणी बयोधा अस्पताल पुग्यौं । बयोधाले पनि भर्ना लिएन ।’

बयोधामा भर्ना नलिएपछि तराई हस्पिटल हुँदै नेसनल मेडिकल कलेजसम्म पुगेको अञ्जुले बताइन् । उनका अनुसार सुरुमा नेसनलका स्वास्थ्यकर्मीले बेड खाली भएको जानकारी दिएका थिए । ‘बिरामीमा ज्वरो र श्वासप्रश्वासको समस्या भएको थाहा पाएपछि बेड त के भुइँमा पनि ठाउँ खाली नभएको भन्दै फर्काए,’ उनले भनिन्, ‘पछि नारायणी अस्पताल लग्यौं, आकस्मिक कक्षमा रहेका चिकित्सकले कोरोनासँग मिल्दो लक्षण देखिएकाले कोरोना अस्पताल लैजान सुझाए ।’ त्यसपछि हालै नारायणी अस्थायी कोरोना अस्पतालका रूपमा सञ्चालित वीरगन्ज हेल्थ केयर पुर्‍याउँदा त्यहाँ पनि भर्ना नलिएको उनले बताइन् । ‘कोरोना अस्पतालमा संक्रमण पुष्टि भएकाको मात्र उपचार हुने गरेको भनेपछि फेरि नारायणी अस्थायी कोरोना ९गण्डक० अस्पताल लिएर गयौं ।’

फेरि बिरामी लगेपछि भने अस्पताल भर्ना गर्न तयार भयो तर जब रिक्साबाट विष्णुलाई अस्पतालको स्ट्रेचरमा राख्न थालियो तब उनको सास गइसकेको थियो । ‘११ देखि २ बजेसम्म वीरगन्जका सबै निजी अस्पताल पुग्यौं, कसैले भर्ना गरेनन्,’ अञ्जुले भनिन्, ‘कम्तीमा अक्सिजनको पाइप त लगाइदिनुस् भन्दा पनि चिकित्सक छैनन् भने । उपचारै नपाई बहिनी बितिन् ।’ बिरामी लिएर सातवटा अस्पतालमा चक्कर लगाउँदा पनि अस्पताल र चिकित्सकको लापरबाहीले उपचार नपाई दिदीको ज्यान गएको उनले गुनासो गरिन् ।

वीरगन्ज महानगरपालिका–१३ राधेमाईकी ६२ वर्षीया शारदा देवी रौनियारलाई पनि शुक्रबार रातिदेखि श्वासप्रश्वासमा समस्या देखिएपछि परिवारका सदस्यले शनिबार बिहान वीरगन्जका अधिकांश निजी अस्पताल दौडाए । उनको आरडीटी परीक्षण नेगेटिभ भए पनि अस्पतालले भर्ना लिएनन् । ‘पहिले तराई हस्पिटल लग्यौं, भर्ना नलिएपछि नेसनल मेकिडल कलेज पुयाएका थियौं,’ एक परिवारिक सदस्यले भने, ‘मेडिकलले पनि भर्ना गर्न नमानेपछि नारायणी लग्यौं ।’ नारायणी अस्पतालको आकस्मिक कक्षअगाडि बिहान पौने ११ बजे शारदाको मृत्यु भयो । ‘चिकित्सकीय धर्म अपनाएको भए अकालमै मृत्यु हुँदैन्थ्यो,’ ती सदस्यले भने ।

अस्पताल डुलाउँदाडुलाउँदै उपचार नपाएर ज्यान गुमाउने यी दुई मात्रै होइनन्, बिहीबार वीरगन्ज महानगरपालिका–११ श्रीपुरका ६० वर्षीय चलितर महतोको पनि नेसनल मेडिकल कलेजको आकस्मिक कक्षअगाडि रिक्साभित्रै मृत्यु भएको थियो । उनले पीसीआर रिपोर्ट निगेटिभ भए पनि अस्पतालले भर्ना नगरेको मृतकका भाइ शम्भु महतोले बताए । ‘आकस्मिक कक्षका चिकित्सकलाई रिपोर्ट देखाउँदा पनि भर्ना गर्न मानेनन्,’ उनले भने, ‘उपचार नपाएर दाइको मृत्यु भयो ।’ मेडिकल कलेजका कोरोना फोकल पर्सन डा। असरफ हुसैनले कोरोना नेगेटिभ रिपोर्ट आएकालाई भर्ना लिने गरिएको दाबी गरे । ‘महतोको केसमा के भएको हो, हामी विस्तृत रूपमा बुझ्छौं,’ उनले भने ।

पछिल्लो समयमा वीरगन्जमा कोरोना संक्रमण वृद्धि भएसँगै सामान्य ज्वरो, खोकी र श्वासप्रश्वासका बिरामीले उपचार पाउन सकेका छैनन् । उपचारका लागि आएका बिरामीहरूलाई निजी अस्पतालले जाँच तथा उपचार नै नगरी फिर्ता पठाउने गरेको गुनासो बढेको छ । निजी अस्पताललाई छुट्टै आइसोलेसन वार्डको व्यवस्था गरी जाँच तथा उपचारको व्यवस्था मिलाउनुपर्ने र कोभिड–१९ देखिएमा मात्र कोभिड अस्पतालमा रिफर गर्नुपर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गरेको निर्णय बेवास्ता गरी बिरामीको स्वास्थ्यमा खेलबाड गरे त्यस्ता अस्पताललाई कानुनी कारबाही गरिने उनको भनाइ छ । प्रशासनको यस्तो उर्दी जारी गरे पनि निजी अस्पतालले अटेर गरेका छन्, जसका कारण उपचार नपाई अकालमा बिरामीको मृत्यु हुने गरेको छ । ‘ज्वरो, खोकीका बिरामीलाई निजी अस्पतालले भर्ना नै नलिने ठूलो चुनौतीको रूपमा देखियो,’ सहायक प्रजिअ बस्नेतले भने, ‘निर्देशन नमान्नेलाई कारबाही गरिन्छ ।’ कान्तिपुर दैनिक