१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

सदन अवरोध गरेर मात्रै समस्या समाधान हुँदैनः अध्यक्ष दाहाल

सदन अवरोध गरेर मात्रै समस्या समाधान हुँदैनः अध्यक्ष दाहाल
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सदन अवरोध गरेर मात्रै समस्या समाधान नहुने बताउनुभएको छ ।

शुक्रवारको राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्ष दलसहितका प्रतिपक्ष दलहरुले सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमँन घिसिङलाई हटाएको भन्दै प्रधानमन्त्रीको जवाफ माग गरी संसद अवरोध गरेका हुन् । अवरोधपछि राष्ट्रिय सभा सदस्यहरुलाई बसेर कारबाही अघि बढाउन सहजीकरण गरिदिन आग्रह गर्दै अध्यक्ष दाहालले समस्याको समाधान सभा अवरुद्ध गरेर नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मान्य सदस्यहरु विषय त राखिहाल्नु भयो अब । विषय राखियो, हामी सबैको ध्यानाकर्षण भएको छ । यही प्रक्रिया निरन्रत दोहोरिँदै जाँदा हामी कहाँ पुग्छौँ, हाम्रो राष्ट्रिय सभाको अवस्था कहाँ पुग्ला ? हामी सबै कति गम्भीर बनेका छौँ भन्ने मलाई चिन्ता लागेको छ । सबै हामी राष्ट्रिय सभाका मान्इ सदस्यहरुले आफ्नो ठाउँमा गम्भीर भएर समस्याको समाधान गर्नेतिर जोड दिनुपर्छ । हामी १७ औं अधिवेशनको करिव अन्त्यतिर छौँ । अर्को अधिवेशन शुरु हुन पनि ढिलो भइसकेको छ अब । अहिले दुई चार दिन भन्दा अगाडि राष्ट्रिय सभाको राम्रो छवि बनेको थियो । हामीले जति विधेयकहरु पास गरेर अघि बढायौँ, त्यसले राम्रोसँग अघि बढेको छ भन्ने थियो । साथै गम्भीर एउटा कुरा भनेको हामीसँग धेरै दिन छैन, माननीय सदस्यहरुलाई थाहा छ, १९ गते हामीले अर्को कार्यक्रम पनि बनाइरहेका छाँै, प्रदेशतिर जाने । सबैतिर तयारी भइरहेको छ । ५ वटा अध्यादेशलाई प्रतिष्थापन गर्ने विधेयक दर्ता भएर एक हदसम्म प्रक्रियामा गएको छ । त्यसको समइ पनि धेरै छैन । त्यसको ६० दिन पुग्दैछ । यसको असर के पर्ला भन्ने पनि सोचौँ । राष्ट्रिय सभाको गरिमालाई बर्करार राख्न सबै गम्भीर बनौँ । अरु कुराहरुबाट पनि हामी समाधान गर्नसक्छौँ । सदन अवरोध गरेर मात्रै बाटो रोज्यौँ भने त्यसले राम्रो सन्देश दिँदैन । यही मात्रै उपाय हो भन्नेतिर नलागौँ ।’

अध्यक्ष दाहालले राजनीतिक दलहरुको सक्रियाताबाट नै समस्या समाधान गर्नुपर्ने बताउनु भयो । सत्तापक्ष र प्रतिपक्ष एक—एकतिर कानमा तेल हाले बसेर मात्रै समस्या समाधान नहुने जिकिर गर्नुभयो ।