२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

हवाई टिकटमा लगाइएको कर हटाउन माग



अ+ अ-

काठमाडौँ। हवाई टिकटमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन पर्यटन व्यवसायीले माग गरेका छन् । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले हवाई टिकटमा लगाइएको करबारे व्यवसायी एवं सरोकारवालासँग गरेको अन्तरक्रियाका क्रममा वक्ताले हवाई टिकटको भ्याट हटाएर अरू विकल्प खोज्न सुझाव दिएका हुन् ।

साथै व्यवसायीले हवाई भाडा महँगो भएकै कारण विदेशबाट नेपाल आउन लागेका नेपाली नागरिकहरु विदेशी एयरलाइन्सको प्रयोग गर्न बाध्य भएको भन्दै नेपाल आगमनलाई सहज बनाउन आग्रह गरे । टिकट महँगिएकै कारण नेपाल आगमन हुने विदेशी पर्यटकमा असर परेको व्यवसायीको दाबी छ ।

नेपाल वायु सेवा सञ्चालक सङ्घका अध्यक्ष मनोज कार्कीले हवाई टिकटमा लगाइएको भ्याटले एयरलाइन्सलाई समेत असर परेको र हवाई यात्रु महँगो टिकट खरिद गर्न बाध्य भएको बताउनुभयो । हवाई उड्डयन मात्र नभई पर्यटनका अन्य व्यवसायमा पनि यसको प्रत्यक्ष असर परेको उहाँको भनाइ छ ।

नेपाल पर्वतारोहण सङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले समग्र पर्यटन क्षेत्रमा लगाइने करको नीतिगत रुपमा सहज बनाइनुपर्ने धारणा राख्नुभयो । उहाँले आगामी आर्थिक वर्षको बजेटमा हवाई क्षेत्रलगायत पर्यटनका अन्य व्यवसायमा समेत लगाइने करमा हेरफेर गरिनुपर्नेमा जोड दिनुभयो ।

नाट्टाका पूर्वअध्यक्ष मधु आचार्यले सरकारले हवाई टिकटमा लगाएको करलाई हटाएर अन्य विकल्प खोज्न सुझाउनुभयो । छिमेकी मुलुक भारतमा आन्तरिकमा पाँच प्रतिशत र विजनेस क्लासको टिकटमा १२ प्रतिशत कर लगाएको उदाहरण दिँदै नेपालको सन्दर्भमा कर व्यावहारिक नभएको दाबी गर्नुभयो । “हवाई टिकट महँगो भएकै कारण विदेशी पर्यटक आगमन खुम्चिएको छ,” उहाँले भन्नुभयो, “पर्यटक आकर्षण गर्न हवाई टिकटमा भ्याट हटाएर अरू उपाय खोज्नु उपयुक्त हुन्छ ।

रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) का अध्यक्ष सङ्घर्ष बिष्टले हवाई टिकट महँगो भएकाले नेपाल आउने विदेशी पर्यटक पनि खुम्चिएको बताउनुभयो । भ्याटले व्यावसायिक वातावरण नबनेको तथा समग्र व्यवसायमा असर परेको दाबी गर्नुभयो । सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमार्फत हवाई टिकटमा भ्याट लाग्ने व्यवस्था गरेको थियो । रासस