५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यका प्रवेशमा कडाइ



अ+ अ-

काठमाडौँ । उपत्यका नगरपालिका फोरमले कोभिङ–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजक एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेट गरी उपत्यका प्रवेशमा कडाइ गर्न आग्रह गरेको छ । आइतबार फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले उपप्रधानमन्त्रीसँग भेट गरी उपत्यका प्रवेशमा कडाइ गर्न आग्रह गरेका हुन् ।

काठमाडौँ देशकै राजधानी भएको र यहाँ घना बस्ती भएकाले कोरोना सङ्क्रमण समुदाय स्तरमा फैलियो भने रोक्न नसक्ने भन्दै आवतजावतमा कडाइ गर्न आग्रह गरिएको फोरमले जनाएको छ । उपत्यका प्रवेश गर्ने प्रमुख नाकामा कडाइ गर्नुपर्ने, अन्तर जिल्ला यातायात खुला नगरिए पनि आवतजावत भइरहेकाले त्यसलाई रोक्न आग्रह गरिएको फोरमका सचिव श्रेष्ठले जानकारी दिए ।

उपत्यकामा ठेलागाडा, उद्योगधन्दा र निर्माण क्षेत्रमा काम गर्ने मजदुरले स्वास्थ्यका न्यूनतम मापदण्ड पनि पालना नगरेकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइएको छ । उपत्यकावासीको मागमा उपप्रधानमन्त्री सकारात्मक रहनुभएको जानकारी फोरम अध्यक्ष शाक्यले दिए । शाक्यले भने, “तेस्रो मुलुकबाट आउन सक्ने ठूलो सङ्ख्याका नागरिकलाई दष्टिगत गरी क्वारेन्टाइन व्यवस्थापन र सञ्चालन नियमावलीअनुसार एकीकत क्वारेन्टाइन सङ्घीय सरकारले सञ्चालन गर्ने र व्यवस्थापन स्थानीय सरकारले गर्ने गरी व्यवस्था गर्न आग्रह गरिएको छ ।”

उपत्यकाका विभिन्न स्थानमा विरोध, समर्थन, र्याली, भेला, बैठक, गोष्ठी, अनशन, जुलुस लगायतका गतिविधि कायम रहेकाले कडाइ गर्न ध्यानाकर्षण गराइएको उपत्यका नगरपालिका फोरमले जनाएको छ । गोरखापत्र दैनिक