१९ चैत्र २०८१, मंगलवार
April 1, 2025 Tuesday

15.27°C

काठमाडौं

15.27°C

Kathmandu

Feels-like: 14.37

Wind: 1.54

Humidity: 58

Latest
उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न मन्त्रिपरिषद्का निर्णयः प्रदर्शनका क्रममा घाइते भएकाको निःशुल्क उपचार ‘जडीबुटी कम्पनी चाँडै बौरिने छ’ रूसी आक्रमणपछि युक्रेनमा ४५ हजार मानिस विद्युतविहिन प्रधानमन्त्री ओली थाइल्यान्डमा कीर्तिपुरस्थित क्रिकेट मैदानको निरीक्षण अब सहरी विकास मन्त्रालयबाट एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई ‘कार्यान्वयनयोग्य बजेट ल्याउनेतर्फ सरकारको ध्यान केन्द्रित छ’ कुलमान र हितेन्द्र दुवैको रिट हेर्दाहेर्दैमा नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा चापागाईं नियुक्त, यस्ता छन् मन्त्रीपरिषदका अन्य निर्णयहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यवसायीले सिमेन्ट र डन्डीको मूल्य वृद्धिको औचित्य पुष्टि गर्नुपर्छः महानिर्देशक दाहाल



अ+ अ-

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बजारमा बिना लेवलका उत्पादनहरु खुलम खुला विक्री वितरण भइरहेको भेटिएको बताउनुभएको छ ।

बुधवार विभागको कार्यालय बबरमहलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐनविरुद्ध हुने गरी बिना लेवलका उत्पादन बजारमा विक्री वितरण भइरहेको पाइएको बताउनुभयो । उहाँले सिमेन्ट र डन्डीको मूल्य वृद्धि भएको भन्ने उपभोक्ताको गुनासोपछि उत्पादक र व्यवसायीसँग छलफल गरिएको बताउनु भयो । उत्पादित वस्तुको मूल्य वृद्धि हुनाको औचित्य पुष्टि गर्न उत्पादक र व्यवसायीलाई निर्देशन दिएको उहाँको भनाइ छ । उहाँले उत्पादनमा अधिकत्तम खुद्रा मूल्य र वस्तुको गुणस्तर प्रष्ट रुपमा लेख्नुपर्ने कानूनी व्यवस्था विपरित उत्पादक र व्यवसायीले कानूनको बर्खिलाप गरेको बताउनु भयो । उहाँले विना लेवलका सिमेन्ट र डन्डी विक्री गर्ने केही डिलरलाई विक्री वितरणमा रोक लगाइएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाल बजारमा सिमेन्ट र डन्डी लगायतका केही वस्तुहरुमा अत्यधिक मूल्य वृद्धि भएको विषयमा सिमेन्ट र डन्डी उतपादक तथा व्यवसायी एवं तिनीहरुलका उत्पादक संघसँग छलफल र अन्तरक्रिया गरिएको र उनीहरुलाई मूल्य वृद्धिको कारण औचित्य पुष्टि गर्न निर्देशन दिइएको छ । केही सिमेन्ट र डन्डीका डिलरहरुलाई विक्री वितरणमा रोक पनि लगाइएको छ । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ६ को उपदफा ३ बमोजिम उत्पादकले आफूले उत्पादन गरेको वस्तुमा लेवलमा उल्लेख गर्नुपर्ने कुराहरु सर्वसाधारणले बुभ्mने गरी नेपालभित्र उत्पादन भएका वस्तुहरु भए उत्पादकले र पैठारी गरिएको बस्तुहरु भए पैठारीकर्ताले नेपाली वा अङ्ग्रेजी भाषमा अधिकत्तम खुद्रा बिक्री मूलय समेत लेख्नुपर्ने सो बाहेक अन्य वस्तुहरु विक्री वितरण गर्न नपाइने कानूनी व्यवस्था रहेको छ । उपभोक्ता संरक्षण ऐन २०७५ र अन्य प्रचलित कानूनको बर्खिलाप गरी केही उत्पादकहरुले विना लेवलका उत्पादन बजारमा खुल्ला बिक्री वितरण गरेको विभागको अनुगमनबाट पाइएको छ ।’

महानिर्देशक दाहालले कानूनको भावना र मर्मविपरित हुनेगरी विना लेवलका कुनैपनि उत्पादन बिक्री वितरण नगर्न आग्रह गर्नुभयो । उहाँले बिना लेवलका वस्तु बजारमा भेटिए कानूनी कारबाही गर्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘उल्लेखित ऐनको भावना र मर्मविपरित अब उप्रान्त कुनैपनि स्वदेशी उत्पादक र पैठारीकर्ताले लेवलमा उत्पातकको नाम र ठेगाना, दर्ता नम्बर, उत्पादन मिति, उपभोक्ता गरिसक्नुपर्ने मिति, अधिकतम खुद्रा मूल्य, परिणाम, तौल, गुणस्तर उल्लिखित विवरण र सोमा हुनपर्ने विवरणहरु उल्लेख गरी बिक्री वितरण गर्नु हुन अनुरोध गरिन्छ । साथै विना लेवलका वस्तुहरु बजारमा बिक्री वितरण गर्न राखिएमा प्रचलित कानुन बमोजिम सजाय हुने व्यहोरा सम्पूर्ण सरोकारवालाहरुलाई जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।’

महानिर्देशक दाहालले उत्पादक र व्यवसायीले वस्तुको मूल्य बढाउनुपर्ने कारणको औचित्य पुष्टि गर्नुपर्ने बताउनु भयो । उत्पादक र व्यवसायीले बढी लाभका लागि अनुचित मूल्य वृद्धि गरेको भेटिए कानून अनुसार कारबाही हुने उहाँको भनाइ छ ।