२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योग व्यवसायलाई हेर्ने दृष्टिकोण अझै पनि सकारात्मक नभएको नाडाको गुनासो



अ+ अ-

काठमाडौँ : नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले सरकारले उद्योग व्यवसायलाई हेर्ने दृष्टिकोण अझै पनि सकारात्मक हुन नसकेको गुनासो गरेको छ ।

नाडा अध्यक्ष करण चौधरी नेतृत्वको टोलीले सोमबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई भेटेर यस्तो गुनासो गरेको हो । टोलीले भारतीय मालवाहक साधनहरुको नेपालमा निर्बाध प्रवेशले नेपालका मालवाहक साधनहरुको व्यवसायमा ठूलो असर परिरहेको भन्दै सरकारको ध्यानकर्षण गराएको थियो ।

भेटमा अध्यक्ष चौधरीले लुव्रिकेण्टस उद्योगका नाममा तयारी सामग्री नै नेपालमा ल्याएर बिक्री वितरण भइरहेकोले यसलाई रोक्नमाग गर्नुभयो । उहाँले उद्योग व्यवसाय गरेर आर्यआर्जन गर्न सकिने बातावरण निर्माणका लागि नाडाको ६ बुँदे लिखित सुझावसमेत प्रस्तुत गर्नुभयो ।

नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले एजेन्सी दर्तासम्बन्धी ऐन अहिलेसम्म पारित नहुँदा सवारी साधन पैठारीकर्ताहरुलाई ठूलो समस्या भइरहेकोले सो ऐन छिट्टै पारित गर्नका लागि आग्रह गरे ।

नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले नेपालका व्याट्री उद्योगहरुको अवस्थाबारे समेत जानकारी दिनु हुँदै हाल बन्द रहेको गोरखकाली रबर उद्योगलाई हालको ठाउँबाट कुनै उपयुक्त स्थानमा स्थानान्तरण गरी सञ्चालन गर्न सकिने र त्यस ठाउँलाई सेजको रुपमा प्रयोग गर्न सकिने बताउनु भयो ।

उद्योगमन्त्री भण्डारीले नाडाका सुझावहरु राजस्व परामर्श समितिमा समेत पठाउन आग्रह गर्नुभयो ।




भर्खरै