२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योग व्यवसायलाई हेर्ने दृष्टिकोण अझै पनि सकारात्मक नभएको नाडाको गुनासो



अ+ अ-

काठमाडौँ : नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले सरकारले उद्योग व्यवसायलाई हेर्ने दृष्टिकोण अझै पनि सकारात्मक हुन नसकेको गुनासो गरेको छ ।

नाडा अध्यक्ष करण चौधरी नेतृत्वको टोलीले सोमबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई भेटेर यस्तो गुनासो गरेको हो । टोलीले भारतीय मालवाहक साधनहरुको नेपालमा निर्बाध प्रवेशले नेपालका मालवाहक साधनहरुको व्यवसायमा ठूलो असर परिरहेको भन्दै सरकारको ध्यानकर्षण गराएको थियो ।

भेटमा अध्यक्ष चौधरीले लुव्रिकेण्टस उद्योगका नाममा तयारी सामग्री नै नेपालमा ल्याएर बिक्री वितरण भइरहेकोले यसलाई रोक्नमाग गर्नुभयो । उहाँले उद्योग व्यवसाय गरेर आर्यआर्जन गर्न सकिने बातावरण निर्माणका लागि नाडाको ६ बुँदे लिखित सुझावसमेत प्रस्तुत गर्नुभयो ।

नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले एजेन्सी दर्तासम्बन्धी ऐन अहिलेसम्म पारित नहुँदा सवारी साधन पैठारीकर्ताहरुलाई ठूलो समस्या भइरहेकोले सो ऐन छिट्टै पारित गर्नका लागि आग्रह गरे ।

नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले नेपालका व्याट्री उद्योगहरुको अवस्थाबारे समेत जानकारी दिनु हुँदै हाल बन्द रहेको गोरखकाली रबर उद्योगलाई हालको ठाउँबाट कुनै उपयुक्त स्थानमा स्थानान्तरण गरी सञ्चालन गर्न सकिने र त्यस ठाउँलाई सेजको रुपमा प्रयोग गर्न सकिने बताउनु भयो ।

उद्योगमन्त्री भण्डारीले नाडाका सुझावहरु राजस्व परामर्श समितिमा समेत पठाउन आग्रह गर्नुभयो ।