१८ चैत्र २०८१, सोमबार
March 31, 2025 Monday
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरहामा बोरामा बेरेर गाडिएको अवस्थामा १३ वर्षीया बालिकाको शव फेला



अ+ अ-

जनकपुरधाम । सिरहामा खोला किनारमा बोरामा बेरेर गाडिएको अवस्थामा एक बालिकाको शव फेला परेको छ ।

गोलबजार नगरपालिका-९ गोविन्दपुरस्थित घुर्मी खोला किनारमा बोराभित्र राखेर गाडिएको अवस्थामा १३ वर्षीया गुलशना खातुनको शव फेला परेको हो ।

गत फागुन २९ गते घरबाट निस्केकी खातुन बेपत्ता भएकी थिईन् । चैत १ गते आमा जाहेदा खातुनले इलाका प्रहरी कार्यालय मिर्चैयामा खोजतलास गरिदिन भनेर निवेदन दिएकी थिइन् ।

मंगलबार बिहान १० बजेतिर गोठालोहरूले झाडिबाट कुहिएको गन्ध आएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।इलाका प्रहरी कार्यालय मिर्चैयाको टोलीले उत्खनन गर्दा खातुनको शव भेटिएको हो ।

तीन फिट खनेपछि जुटको बोरामा बेरिएको अवस्थामा बालिकाको शव फेला परेको मिर्चैयाका प्रहरी नायब उपरीक्षक सन्तबहादुर बाखुले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।