७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

नागरिक उड्डयनसम्बन्धी विधेयकमा रास्वपाले गर्‍यो छलफल

नागरिक उड्डयनसम्बन्धी विधेयकमा रास्वपाले गर्‍यो छलफल
अ+ अ-

काठमाडौं । रास्वपाले नागरिक उड्डयनसम्बन्धी विधेयकमा विज्ञहरूसँग छलफल गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा विज्ञहरु बोलाएर रास्वपाले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधेयकमा छलफल गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १९ माघमा दर्ता गरेका दुबै विधेयक १३ फागुनमा प्रतिनिधिसभामा प्रस्तुत भएका थिए । दुबै विधेयकमा १४ चैतमा प्रतिनिधिसभामा सैद्धान्तिक छलफल हुँदैछ ।

सैद्धान्तिक छलफलको पूर्वसन्ध्यामा रास्वपाले दुबै विधेयकमा विज्ञहरुसँग छलफल गरी सुझाव लिएको हो । सांसद सोबिता गौतमको समन्वयमा आयोजित छलफलमा विज्ञहरुले नियामक र सेवाप्रदायक छुट्याउने विधेयक आउनु स्वागतयोग्य भन्दै हवाई सुरक्षा भने अझै प्राथमिकतामा नपरेको उल्लेख गरेका थिए । विज्ञहरुले हवाई सुरक्षालाई प्राथमिकतामा राखेर ऐन बनाउन सांसदहरुलाई सुझाव दिएका थिए ।

छलफलमा रास्वपा कार्यवाहक सभापति डिपी अर्याल, सांसद चन्दा कार्की, सोबिता गौतम, हरि ढकाल, गणेश पराजुली, लक्ष्मी तिवारी सहभागी थिए । सांसदहरुलाई सुझाव दिन नागरिक उड्डयन प्राधिकरणको पूर्वमहानिर्देशकहरु राजन पोखरेल, रतिशचन्द्र लाल सुमन, त्रिरत्न मानन्धर, सन्जिव गौतम र पूर्वएरोनोटिकल इन्जनियर दिपक बास्तोला उपस्थित थिए ।

विज्ञहरुले नियामक र सेवाप्रदायक छुट्याउँदैमा युरोपियन युनियनको सुरक्षा सूचीबाट नेपाल बाहिर निस्कने भाष्य बनिरहेको भन्दै सुरक्षामा प्राथमिकताका साथ ध्यान नदिएसम्म सेफ्टीग लिस्टमा बाहिर निस्कन सम्भव नभएको टिप्पणी गरेका थिए ।

पूर्वमहानिर्देशक सन्जिव गौतमले नियमन र सेवाप्रदायक छुट्याउने विधेयक ल्याउँदैमा इयुको सेफ्टी सूचीबाट नहट्ने बताए । सुरक्षाको मुद्दालाई इयुले हेपेको भन्ने अर्थमा हेर्न नहुने उनको भनाइ थियो । नयाँ ऐनमार्फत सुरक्षा उडान प्रणाली लागु गर्नुपर्ने सुझाव उनको थियो ।

विधेयकमा प्रस्तावित व्यवस्थाले नियामक र सेवाप्रदायक निकाय मन्त्रालयको अति नियन्त्रणमा रहने देखिएको भन्दै विज्ञहरुले संशोधनको आवश्यकता औल्याएका थिए । उनीहरुले नियामक र सेवाप्रदायकको अधिकार क्षेत्रको स्पष्ट सीमारेखा हुनुपर्नेमा पनि जोड दिएका थिए ।

पूर्वमहानिर्देशक रतिशचन्द्र लालले सिभिल एभियसन सिस्टम बलियो बनाउनुपर्ने बताए । इयुप्रति गुनासो गर्नेभन्दा आफू सुध्रिनमा ध्यान केन्द्रित गर्नुपर्ने उनको भनाइ थियो । इयुले भनेको भन्दा पनि नेपालको आवश्यकतामा हवाई सुरक्षामा पर्याप्त सुधार जरुरी रहेको उनले बताए । नियमन र जनशक्तिको कमजोरी पनि सुधार्नुपर्ने उनले औल्याए । ुनियामक र सेवाप्रदायक छुट्टै बनाउने भन्दा पनि त्यसपछिको सञ्चालन महत्त्वपूर्ण हो,ु उनले भने ।

विज्ञहरुले नियामक र सेवाप्रदायक छुट्टै बनाउँदा कर्मचारीले जागिर जान्छ भनेर आन्दोलन गरिरहेको र यो गलत बुझाइ भएको टिप्पणी गरेका थिए । ुसिस्टममा सुधार गर्न खोज्दा विरोध किन रु बेसिक सिभिलियन एभियसन नबुझ्नेले आन्दोलनको लिड गरिरहेको छ । कर्मचारी आन्दोलनलाई कसैले उचालेको छ । यथार्थ त्यस्तो होइन,ु पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरले भने, ुकेही अफिसरको अधिकार कटौती, वृतिविकास, सेवा सुविधा वृद्विको स्वार्थले यो गरिएको छ । व्यवस्थापनले चाहे रोक्न सक्छ । यो ठूलो कुरा होइन । राज्यले ट्याकल गर्नुपर्छ । अब सबै बेच्ने भयो भनेर कर्मचारीले बुझेको छ, हवाइ सेवा सुदृढकै लागि हो भनेर बुझाउनुपर्नेछ ।ु विज्ञहरुले नियामक निकायलाई बलियो बनाउन पनि सुझाव दिएका थिए ।

सांसदहरुले राजनीतिकरुपमा स्वायत्तता र स्वतन्त्र नहुँदा हवाई सुरक्षामा नेपाल चुकिरहेको हो कि भनेर प्रश्न गरेका थिए । विज्ञहरुले नियामक र सेवाप्रदायक निकायलाई स्वायत्त बनाउन सुझाएका थिए । सांसदहरुले दुबै निकायलाई उत्तरदायी बनाउन सार्वजनिक जानकारी दिने र जनगुनासो सुन्ने प्रणालीको विकास गर्न माग गरेका थिए । सांसदहरुले जहाजबाट हुने कार्बन उत्सर्जनको प्रश्न पनि राखेका थिए । विज्ञहरुले काठमाडौंमा जहाजहरु होल्डमा रहँदा कार्बन धेरै उत्सर्जन हुने गरेको भन्दै यसलाई ऐनबाट व्यवस्थित गर्नुपर्ने धारणा राखेका थिए ।

विज्ञहरुले यथास्थितिमा विधेयक पारित भए भने डिजास्टर हुने भन्दै सांसदहरुलाई सचेत पनि गराएका थिए ।
छलफलको अन्तिममा सांसद सोबिता गौतमले नयाँ ऐनबाट नेपालको उडान क्षेत्र सुरक्षित बनाउने उद्देश्यले विज्ञहरुसँग सम्वाद गरिएको बताइन् । एयरलाइन्स अपरेटरसहित अन्य सरोकारवालासँग पनि छलफल गरिने सांसद गौतमको भनाइ थियो ।