२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्तमान सरकार नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन प्रतिबद्धता: एमाले



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले वर्तमान सरकारले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता दोहोर्याएको छ।

हालै सम्पन्न सचिवालय बैठकसँग सम्बन्धित केही नेपाली तथा विदेशी सञ्चारमाध्यमहरूमा प्रकाशित समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै यस्तो प्रतिबद्धता जनाएको हो ।

पार्टी महासचिव शङ्कर पोखरेलले सोमबार एक विज्ञप्ति जारी गर्दै पूर्व राजावादीहरुको केही दिनअघिको प्रदर्शनलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका भनेर प्रकाशित समाचार निराधार र अतिरञ्जित भएको भन्दै पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ ।

यस्ता समाचारहरूले अनावश्यक सनसनी फैलाउने मात्र नभई नेपाल–भारत सम्बन्धप्रति आशंका उत्पन्न गराउने दुराशय बोकेको एमालेले उल्लेख गरेको छ। परराष्ट्र नीति तथा संवेदनशील विषयहरूमा समाचार सम्प्रेषण गर्नु अघि पार्टीको आधिकारिक धारणा बुझ्न सम्बन्धित सबै सञ्चारमाध्यमहरूलाई एमालेले अनुरोध गरेको छ।

पार्टीले नेपालमा लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सार्वभौम निर्णय भएको पुन: दोहोर्याएको छ। कुनै पनि लोकतान्त्रिक देश निरंकुश शासन व्यवस्थालाई प्रश्रय दिन तयार नहुने स्पष्ट गर्दै, इतिहासलाई पछाडि फर्काउने कुनै पनि प्रयासलाई नेपाली जनताले अस्वीकार गर्नेमा एमाले विश्वस्त रहेको जनाएको छ।

नेकपा (एमाले) नेतृत्वको वर्तमान सरकारले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता दोहोर्याएको छ। कुनै पनि द्विपक्षीय विषयलाई कूटनीतिक माध्यमबाट समाधान गर्दै दुवै देशबीचको विकास साझेदारीलाई मजबुत बनाउने एमालेको नीति रहेको छ।