५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा

जारको पानीको मूल्य बढ्यो

जारको पानीको मूल्य बढ्यो
अ+ अ-

भक्तपुर । बजारमा व्यापारीले निर्धारण गरेको मूल्यभन्दा ४० प्रतिशत मूल्य वृद्धि गरी पिउने पानीको मूल्य निर्धारण भएको जनाउँदै तत्काल वढेको मूल्य खारेज गर्न उपभोक्ताले सरकारसँग माग गरेका छन् । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय माताहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यापारीसँगको मिलेमतोमा आम उपभोक्तालाई मारमा पर्ने गरीे जारको पानी मूल्य निर्धारण गरेको बताइएको छ । विभागले आगामी भदौ १० गतेदेखि लागू हुने गरी जारको पानीको मूल्य रु ५० र  बोतल पानीको अधिकत मूल्य १६ रुपैयाँ निर्धारण गरेकोे  छ । पानीको खुद्रा व्यापार गर्दै आउनुभएका सूर्यविनायकका सन्तोष श्रेष्ठले पानीमा दोब्बर मूल्य वृद्धि हुँदा आम उपभोक्ता मारमा परेको बताउनुभयो । एक जार पानीको रु २० र ढुवानी रु १० गरी रु ३० पर्ने पानी उपभोक्तालाई रु ४० मा बिक्री गर्दै आएकोमा अहिले खुद्रा मूल्य नै रु ५० निर्धारण गरेपछि उपभोक्ता मारमा परेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पानीको गुणस्तर निर्धारण र कायम गराउन नसक्ने विभागले पानीको मूल्य बढायो । एक साता अघि मात्रै थिमि चारदोबाटो र झौखेलमा गरी चारवटामा फोहोर पानी बिक्री गरेको पाएपनि कारबाही गरेन र व्यापारीको चङ्गुलमा परेर विभागले पानीको मूल्य बढायो ।”

विभागले व्यापारीको स्वार्थअनुसार मिलेमतोमा पानीको मूल्य बढाएको आरोप उपभोक्ताको छ । सरकारी निकायले नै मूल्य बढाएपछि रु ३५ देखि ४० सम्ममा बिक्री गर्दै आएको एक जार पानी अब ५० रुपैयाँमा बिक्री गर्ने बाटो खुलेको छ । 

उद्योगीको स्वार्थमा सरकारले पानीको मूल्य बढाएर उपभोक्तामाथि आर्थिक भार थपेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधब तिमल्सिनाले बताउनुभयो । पानीको गुणस्तरमा ध्यान दिनुपर्नेमा मिलेमतोमा मूल्य बढाएको उहाँको आरोप लगाए । 

पानीको मूल्य बढाउन नेपाल बोटलर्स वाटर एसोसिएसनमा वकालत गर्दै आएको थियो । पानी व्यवसायीले आफँैले गाडी खरिद गरी ढुवानी संघ नै गठन गरी पानी र ढ्वानीको फरक मूल्य निर्धारण गरी पानी बिक्री गर्दा पनि उपभोक्ताले प्रति जार रु ४० भन्दाबढी तिर्नु पर्दैनथ्यो तर अब उपभोक्ताले रु ५० तिर्नु पर्ने भएको छ । 

राष्ट्रिय उपभोक्ता मञ्च भक्तपुरका अध्यक्ष मनोज थापाले पानीको मूल्य वृद्धि हुँदा स्वभाविकरुपमा उपभोक्ता मारमा पर्ने बताउनुभयो । उपभोक्ताबाट यसको विरोध आउनु स्वभाविक भएको जनाउँदै सरकारले पानीको गुणस्तर वृद्धिमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

अधिकांश पानी उत्पादन गर्ने कम्पनीका पानी गुणस्तरहिन रहेको दाबी गर्दै उहाँले जारको पानी सफा र स्वस्थ्यक प्रद्र्धक छ भनेर ढुक्कसँग पिउने अवस्था नरहेको बताउनुभयो । केहीदिन अघिको अनुगमनमा थिमिको एक पानी उत्पादन गर्ने ठाउँ शौचालयजस्तो फोहोर रहेको र धेरै पानी उत्पादन गर्ने ठाउनै गुणस्तरहिन रहेको उहाँको भनाइ छ । मध्यपुरथिमि शङ्खधर चोकका पानी व्यापारीले पानी लिन आउने उपभोक्ताले विहानैदेखि पानीको मूल्य वृद्धि गरेको भन्दै बिरोध र गुनासो गरेको जनाएका छन् ।