५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा

न्यूयोर्कका नर्सिङ होममा भएका मृतकको संख्या लुकाइयो

न्यूयोर्कका नर्सिङ होममा भएका मृतकको संख्या लुकाइयो
अ+ अ-

न्यूयोर्क । ब्रोंक्सस्थित रिभरडेल नर्सिङ होमका कागजातमा यसपटकको कोरोनाभाइरस महामारीको सबैभन्दा खराब अवस्थाबाट उम्कन सफल भएको देखिएको छ । राज्यको आधिकारिक विवरणमा १४६ शैयाको यस नर्सिङ होममा चार जनाको मात्र मृत्यु भएको उल्लेख छ ।

तर नर्सिङ होमका अनुसार सत्य निकै डरलाग्दो छः यहाँ २१ जनाको ज्यान गएको थियो । उनीहरूको मृत्यु हुनुअघि हतारमा अस्पतालमा सारिएको थियो । 

“यहाँ एक नियमित आकस्मिकता झैं थियो,” प्रशासक एमिल फुजायेभले भन्नुभयो । “एक पछि अर्को व्यक्तिको मृत्यु भएको थियो ।”

न्यूयोर्कका नर्सिङ होमहरुमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या वास्तवमै ठूलो छ । न्यूयोर्क राज्यमा अमेरिकामै सबैभन्दा बढी नागरिकको कोरोनाभाइरस संक्रमणबाट ज्यान गएको थियो । राम्रो सेवा सुविधा दिएको दाबी गर्ने नर्सिङ होमहरुले संकटका घडीमा राम्रो काम गर्न नसकेको आरोप लाग्न थालेको छ । 

उनीहरुले नर्सिङ होममा आश्रित व्यक्तिहरुको मृत्युको संख्या पनि न्यून देखाएका छन् । नर्सिङ होममा बिरामीको मृत्यु हुनैलाग्दा अस्पताल पु–याइएका ती व्यक्तिलाई नर्सिङ होमको रेकर्डमै राखिएको छैन । त्यस विवरणले नर्सिङ होममा मानिसको मृत्यु भएको देखाउँदैन । 

राज्यको आधिकारिक केयर होममा भएको मृत्युको संख्या हालसम्म केवल ६ हजार ६०० मात्र देखाइएको छ । तर डेमोक्र्याटिक पार्टीका तर्फबाट गभर्नर रहेका एन्ड्रु कुमो प्रशासनले यो संख्या बताउन इन्कार गरेको छ । अन्य राज्यभन्दा राम्रो काम गरिरहेको देखाउन पनि कुमो प्रशासनले वास्तविक विवरण लुकाउन खोजेको आरोप छ । 

यसै महिनाको शुरुमा नर्सिङ होमसम्बन्धी एक संसदीय सुनुवाईका क्रममा न्यूयोर्कका स्वास्थ्य आयुक्त होवार्ड जुकरलाई राज्यका सिनेटर गुस्ताभो रिभेराले व्यंग्यमिश्रित भनाई राख्नुभएको थियो, “यही त समस्या हो । यस मुद्दालाई तपाईं अलग रुपमा परिभाषित गर्न प्रयास गरिरहनु भएको छ ताकि तपाई अरु राज्यभन्दा अझ राम्रो देखिन सक्नु हुन्छ ।”

यसले कति धेरै फरक पार्न सक्छ रु मे महिनायता, संघीय नियामकहरूले नर्सिङ होमहरूलाई कोरोनाभाइरसबाट व्यक्तिको मृत्युका बारेमा विवरणहरु प्रत्येक हप्ता बुझाउन भनिरहेका छन् चाहे उनीहरुको मृत्यु नर्सिङ होममा होस् वा अस्पतालमा । 

किनभने न्यूयोर्कको प्रकोप उच्चतम विन्दुमा पुगे पनि विवरणहरु तुलनात्मक रूपमा सानो छ । संघीय विवरणका अनुसार, राज्यको नर्सिङ होमहरुमध्ये पाँचौं होमले जुनको शुरुदेखि मध्य जुलाईको बीचमा त्यहाँ आश्रित व्यक्तिको मृत्युको घटना टिपाएका थिए जसमा ३२३ व्यक्तिको मृत्यु भएको जनाइएको छ जबकी राज्यले गरेको गणनामा त्यस अवधिमा १९५ जनाको मात्र ज्यान गएको देखिएको छ । 

महामारीको सुरुदेखि नै आधा मात्रै गणना गर्दा पनि नर्सिङ होमहरुमा एक हजारभन्दा बढीको मृत्यु भएको अनुमान गर्न सकिन्छ, र यो संख्या हजारौं हुन सक्नेछ ।

संख्याको अर्को समूहले पनि गणनामा कमजोरी रहेको देखाएको छ । राज्यको स्वास्थ्य सेवा विभागले गरेको सर्वेक्षणले यस वर्ष नर्सिङ होमहरुमा २१ हजार शैया खाली रहेको देखाएको छ, जुन अनुमानभन्दा १३ हजार बढी हो । यसले नर्सिङ होममा मृत्यु हुनेको आधिकारिक संख्या झन्डै दोब्बर रहेको देखाउँछ । हो, महामारीका बीचमा नर्सिङ होममा आश्रय लिन खोज्नेको संख्यामा कमी आएको र मानिसहरूले आफ्ना प्रियजनलाई नर्सिङ होममा नपठाउन चाहेको केही संख्या पनि हुन सक्छ । तर ठूलै संख्यामा शैयाहरु खाली हुँदा शंका उत्पन्न गराएको छ । 

न्यूयोर्कको गणना त्रुटिपूर्ण रहे पनि गभर्नर कुमोले अन्य राज्यहरूको तुलनामा राम्रो गरिरहेको भन्न हिच्किचाउनु भएको छैन ।

न्यूयोर्कका नर्सिङ होममा भएका मृत्युका बारेमा कुमोलाई प्रश्न गर्दा उहाँ हरेकचोटि त्यस्तो आलोचना राजनैतिक रूपमा अभिप्रेरित रहेको भन्दै टिप्पणी गर्ने गर्नुहुन्छ । उहाँ न्यूयोर्क राज्यका नर्सिङ होममा मृत्यु भएकाहरुको संख्या कूल संख्याको २० प्रतिशत रहेको दाबी गर्नु हुन्छ । 

उहाँको भनाईमा न्यूयोर्कका नर्सिङ होममा भएको मृत्युसंख्या दर अन्य राज्यभन्दा कम रहेको छ । पेन्सिल्भेनिया राज्यमा कूल मृतकमध्ये नर्सिङ होममा आश्रितको संख्या ६८ प्रतिशत, म्यासाचुसेट्समा ६४ प्रतिशत तथा न्यूजर्सीमा ४४ प्रतिशत रहेको विवरण सार्वजनिक भइसकेका छन् । 

कुमोले सोमबार एक प्रेस ब्रिफिङमा भन्नुभयो, “न्यूयोर्कसँग अरु राज्यको तुलना गरौं, तथ्य विवरण नै हेरौं । तपाईले देख्नु भएकै छ, न्यूयोर्कका नर्सिङ होममा मृत्यु भएका व्यक्तिको प्रतिशत कूल मृत्यु भएका व्यक्तिको सूचीमा सबैभन्दा तल्लो स्थानमा छ ।” 

गत महिनाको एक अर्को ब्रिफिङमा पनि कुमोले अमेरिकी राज्यहरुमध्ये न्यूयोर्क ३५औं स्थानमा रहेको दाबी गर्नु भएको थियो । “पहिले अरु ३४ वटा राज्यमा गएर कुरा राख्नुहोस् । रिपब्लिकन शासित राज्यहरु फ्लोरिडा, टेक्सास, एरिजोनामा सोध्नुहोस् । त्यहाँ नर्सिङ होमको अवस्था के छ सोध्नुहोस् । यो सबै राजनीति हो ।”

बोस्टन विश्वविद्यालयका वृद्धावस्थासम्बन्धी स्वास्थ्यविज्ञ टमस पर्ल्सले न्यूयोर्कमा नर्सिङ होममा २० प्रतिशतको हाराहारीमा वृद्धवृद्धाको मृत्यु भएको तथ्याँक विश्वसनीय नरहेको बताउनुभयो । 

एसोसिएटेड प्रेसले गरेको सर्वेक्षणले देशभर ६८ हजार २०० भन्दा बढीको मृत्यु नर्सिङ होम र यस्तै स्थानमा आश्रित व्यक्ति एवं नर्सिङ कर्मचारीको मृत्यु भएको देखाएको छ । अमेरिकामा पछिल्लो विवरण अनुसार कोरोना संक्रमितमध्ये १ लाख ६३ हजारको मृत्यु भइसकेको छ । 

केजर फेमिली फाउन्डेसनले तयार पारेको ४३ राज्यका नर्सिङ होमको विवरण अनुसार कूल मृतकमध्ये नर्सिङ होममा आश्रितहरुको संख्या ४४ प्रतिशत रहेको छ । यही अनुपातलाई आधार मान्दा पनि न्यूयोर्कमा ११ हजारभन्दा बढी व्यक्तिको नर्सिङ होममा मृत्यु भएको मान्न सकिन्छ ।