१६ चैत्र २०८१, शनिबार
March 29, 2025 Saturday
Latest
हिंसात्मक घटनाको छानबिन गर्न रास्वपाको माग पूर्वराजा ज्ञानेन्द्रसहित पूर्वप्रधानमन्त्री दाहाल र नेपालको सुरक्षा टोलीमा हेरफेर काठमाडौं र ललितपुरले बराबरी खेले त्रिवि कीर्तिपुरमा आगामी १८ गते स्ववियु निर्वाचन हुने भाटभटेनीमा लुटपाट गर्ने सात जना पक्राउ क्यानले बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट, सन्दीप र अनिल बाहिर मुस्ताङको कागबेनीमा तीर्थालुको घुइँचो शुक्रबार भएको हिंसात्मक घटना आपराधिक क्रियाकलाप हो- माधवकुमार नेपाल ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, २७ घाइते शाही युवा शक्तिका अध्यक्ष खड्कासहित दुई जना पक्राउ, हिरासतमा पुग्नेको सङ्ख्या ११३ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी चौकी खार्पाको बाह्र वर्षपछि आफ्नै भवन



अ+ अ-

खोटाङ । स्थापनाको १२ वर्षपछि रावाबेँसी गाउँपालिका–२ खार्पास्थित प्रहरी चौकी खार्पाले आफ्नै भवन निर्माण गरिएको छ । रु दुई करोड ९५ लाख ३२ हजारको लागतमा उक्त भवन निर्माण गरिएको हो ।

विसं २०६९ मा स्थापना भएको खार्पा प्रहरी चौकीले अघि साविक खार्पा गाउँ विकास समिति ९गाविस० कै पुरानो भवनबाट सेवा प्रदान गर्दै आएको थियो । स्थापना भएको १२ वर्षसम्म साँघुरो तथा कच्ची भवनबाट सेवा प्रवाह गर्दै आएको थियो । नवनिर्मित भवनमा साना ठूलो गरी ११ कोठा छन् । साढे दुईतले सो भवनमा कार्यालय प्रमुख कक्ष, सञ्चार कक्ष, महिला तथा पुरुष हिरासत कक्ष, महिला र पुरुष ब्यारेक, प्रमुख आवाश तथा मरोजञ्जन हल निर्माण गरिएको छ ।

कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक राजन अधिकारीले आइतबार सो भवनको उद्घाटन गर्नुभएको हो । सुविधासम्पन्न भौतिक संरचनाले प्रहरीलाई सेवा प्रवाह गर्न मनोबल बढ्ने उहाँको भनाइ थियो ।