८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने

दुर्छिम गाउँमा लागेको डढेलो नियन्त्रणमा

दुर्छिम गाउँमा लागेको डढेलो नियन्त्रणमा
अ+ अ-

खोटाङ। हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम गाउँमा बिहीबार दिउँसोदेखि लागेको डढेलो राति नियन्त्रणमा लिइएको छ । इलाका प्रहरी कार्यालय हलेसी, नगर प्रहरी र स्थानीयवासीको सहयोगमा डढेलो नियन्त्रणमा लिइएको हो ।

नगरपालिकाका प्रवक्ता कमल गिरीका अनुसार डढेलोका कारण चार घर र दुई मटान जलेर नष्ट भएका छन् । दुर्छिमको गणेशटारस्थित तेर्सालुङ सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा चुमाखुका घनश्याम राई, दाप्सामाका पूर्णबहादुर राई र गणेशटारका जगबहादुर राई, रुङकाडोका रणबहादुर राईका घर जलेको जनाउँदै उहाँले चुमाखुका वीरगञ्ज राई र दिलकुमारी राईको मटान जलेर नष्ट भएको बताउनुभयो ।

सुनकोशी किनारबाट सुरु भएको डढेलो तेर्सालुङ सामुदायिक वन हुँदै गाउँ पसेको थियो । “गाउँको चारैतिरबाट फैलिएको डढेलो राति अबेर नियन्त्रणमा लिन सफल भएका छौँ । डढेलो नियन्त्रणमा लिन इलाका प्रहरी, नगर प्रहरी र स्थानीयले सहयोग गरेका छन”, उहाँले भन्नुभयो, “आगलागीमा मानवीय क्षति भने भएको छैन । घरका साथै खाद्यान्नसहित सम्पूर्ण सामग्री जेका छन् । डढेलो पीडित परिवारलाई सुरक्षित स्थानमा सारेका छौँ । आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी छ ।”

सामुदायिक वनमा लागेको डढेलो दुर्छिमका विभिन्न गाउँ तथा बस्तीमा छिर्न थालेपछि स्थानीयको भागाभाग भएको थियो । सुक्खाग्रस्त क्षेत्रमा पर्ने दुर्छिममा आगलागी भएको समयमा हुरिबतास चलिरहेकाले ठूलो क्षति भएको नगर प्रवक्ता गिरीले बताउनुभयो । गाउँ पसेको डढेलो नियन्त्रणमा आए पनि सामुदायिक वनमा भने आगो नियन्त्रण बाहिर रहेको उहाँले जानकारी दिनुभयो ।

सामुदायिक वनमा लागेको डढेलोले करोडौँ मूल्यको जडीबुटी, काठपात, जङ्गली जनावर र चराचुरुङ्गीको क्षति भएको हुनसक्ने स्थानीय तामन राईले बताउनुभयो । उक्त डढेलोको कारण अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ ।

यसअघि गत फागुन ४ गते हलेसी तुवाचुङ–७ महादेवस्थानस्थित हलेसी बजारमा चार घर र यही चैत ४ गते हलेसी तुवाचुङ–२ डिकुवामा नौ घर जलेर नष्ट भएका थिए । त्रिधार्मिकस्थल हलेसी बजारमा खाना पकाउने ग्यासको सिलिन्डरबाट सल्किएको आगोका कारण रु सात करोड ५० लाख र डिकुवामा वनमा लागेको डढेलो गाउँ पस्दा रु ७७ लाख बढीको क्षति भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

हलेसी बजारका आगलागी पीडितका लागि नगरपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा सङ्कलन भएको रु २२ लाख राहत रकम उपलब्ध गराइएको छभने डिकुवाका लागि राहत सङ्कलन भइरहेको नगर कार्यालयले जनाएको छ । डिकुवावासीका लागि जिल्ला प्रशासन कार्यालय खोटाङले प्रतिपीडित घरका लागि रु १५ हजार र नगरपालिकाले रु दश हजार नगद उपलब्ध गराएका छन् । रासस