२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

धवलको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता डा. धवलशमशेर राणा नेतृत्वको राजसंस्था पूनर्स्थापनाका लागि गठित जनआन्दोलन परिचालन समितिले विभिन्न समितिहरू गठन गरेको छ ।

संवैधानिक राजसंस्था पुनर्स्थापना, सनातन हिन्दुराज्य पुनर्स्थापना, सङ्घीयता खारेजी, भ्रष्टाचार नियन्त्रण र सुशासन बहालीको पक्षमा रहेका राजनैतिक दल, सङ्घसंस्था तथा अभियानहरूको सहभागी बैठकले राणाको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गर्ने निर्णय गरेको हो ।

यस्तै, बैठकले संयुक्त जनआन्दोलनलाई व्यवस्थित एवं प्रभावकारी बनाउन उपसमितिहरू समेत गठन गर्दै लैजाने निर्णय पनि गरेको छ ।

आन्दोलन परिचालन समिति र मातहत विभिन्न विभाग तथा समितिमा एकताबद्ध भई सहकार्य गर्न सबै राष्ट्रवादी देशभक्त नागरिक, अभियान तथा राजनैतिक दलहरूलाई हार्दिक अपिल समेत गरिएको छ ।