४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव हुने



अ+ अ-

काठमाडौं । प्रदर्शनमार्गस्थित रत्नराज्य क्याम्पस (आरआर)मा आगामी चैत १६ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव हुने भएको छ ।

चैत ५ गते चुनाव गर्ने अन्तिम अवस्थामा विद्यार्थीले ताला लगाएपछि निर्वाचन हुन सकेको थिएन । शुक्रबार सर्वदलीय बैठक बसेर १६ गते चुनाव गर्ने निर्णय भएको हो ।

आरआर क्याम्पसमा ५ हजार १४६ मतदाता रहेका छन् ।