१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

अहिले नै म बोलेँ भने दुई तिहाइको सरकारलाई गाह्रो पर्ला– सभापति लामिछाने

अहिले नै म बोलेँ भने दुई तिहाइको सरकारलाई गाह्रो पर्ला– सभापति लामिछाने
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूले बोल्ने समय नजिक आएको भन्दै बोल्दा धेरैको बोली बन्द हुने बताएका छन् ।

आज उच्च अदालत पाटनमा काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन गरेपश्चात लामिछानेले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै यस्तो बताएका हुन् ।

उनले भने– ‘मैले बोल्ने समय नजिक आउँदैछ । अहिले नै म बोलेँ भने दुई तिहाइको सरकारलाई गाह्रो पर्ला, त्यसैले मलाई बोल्न नलगाउनुस । जब म बोल्ने समय आउँछ, त्यसपछि धेरैको बोली बन्द हुन्छ ।’

साथै, सभापति लामिछानेले क्रान्तिका लागि तयार रहन मुख्य दलहरूलाई चेतावनी समेत दिए । राजावादी आन्दोलनबारे लामिछानेलाई प्रश्न गर्दा यसबारे उनले प्रतिक्रिया दिन चाहेनन् । आफू आवेग उत्तेजनामा अभिव्यक्ति दिने पक्षमा नरहेको उनले प्रस्ट पारे ।

लामिछानेले भने, ‘म आवेग उत्तेजनामा छैन । मुलुकमा गम्भीर अवस्थामा आएको छ । जिम्मेवार दलका हिसाबले, जनताले आशा र भरोसाले हेरेको दलको नेतृत्वकर्ताका हिसाबले म आवेग उत्तेजनामा अभिव्यक्ति दिने पक्षमा छैन । मलाई तपाईंहरूको प्रश्नको आशय थाहा छ । यसले कुन अर्थ लाग्छ भन्नेमा जानकार छु । यो देशको भविष्य तपाईं हाम्रो पुस्ताको हातमा आउँदैछ । एकदमै गम्भीर हुने समय हो । म तपाईँलाई हेडलाइन दिन्न, म लाइफलाइनको कुरा गर्दैछु, तपाईं हेडलाइनको चिन्ता गर्दै हुनुहुन्छ । यो हेडलाइनमा चिन्ता गर्ने बेला होइन । यो पक्ष-विपक्षमा बाँड्ने कुरा होइन । अहिले सरकार नांगिएको हुँदा सरकारको लाज छोप्न अदालतहरुमा पुगिरहेको छु । ठाउँ ठाउँमा पुग्नुपर्ने छ । समय आउँदैछ चाँडै नै । सबैलाई तयार रहन आग्रह गर्दैछु । गेट रेडी फर द रिभोलुसन ।’

लामिछानेले अब चितवनको सहारा सहकारी सम्बन्धी मुद्दामा जिल्ला अदालतले माघ २४ गते ५४ लाख धरौटीमा थुनामुक्त गर्ने आदेशविरुद्ध मात्रै उच्च अदालतमा निवेदन दिन बाँकी छ ।

लामिछानेले कास्की र रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध यसअघि नै पुनरावेदन निवेदन दर्ता गराइसकेका छन् ।