२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस चौतारीको अध्यक्ष पदमा राजेश राईको उम्मेदवारी घोषणा



अ+ अ-

काठमाडौं । प्रेस चौतारी नेपालको अध्यक्ष पदमा राजेश राईले उम्मेदवारी घोषणा गरेका छन् ।

हाल संगठनका उपाध्यक्ष रहेका राईले लामो पृष्ठभूमि सहित विराटनगरमा १० चैतबाट सुरू हुने दशौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन् ।

पार्टी नेतृत्वले सर्वसहमतिको प्रयत्न गरे पनि आफू योग्य रहेको र नभए प्रतिनिधिहरूले निर्णय लिने उनले उल्लेख गरेका छन् ।

‘स्वभाविक रुपमा मेरो पहिलो रोजाई, अध्यक्षको जिम्मेवारी लिएर संगठनको एक पटक नेतृत्व गर्ने नै हो । ’ राईले सामाजिक सञ्जालमा लेखेका छन् – ‘अहिलेसम्म पार्टी नेतृत्व–संगठनबाट हामी दाबेदारहरूलाई राखेर औपचारिक निर्देशन भएको छैन । यसको मतलब हामीलाई जनवादको अभ्यास गर्ने अवसर दिनु हुनेछ । हाम्रो मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादले भन्छ, ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर ।’ जननेता मदन भण्डारीले त्यस अतिरिक्त प्रतिस्पर्धा र पहलकदमीका आधारमा श्रेष्ठता हासिल गर्ने सन्दर्भमा थप व्याख्या गर्नुभएको छ । हामीले संगठन निर्माणलाई यही आलोकमा गर्नुपर्दछ । हो, यही वस्तुगत अवस्था र आलोकमा प्रेस चौतारी नेपाल १० औं राष्ट्रिय सम्मेलनमा अध्यक्षको उम्मेदारी घोषणा गर्न चाहान्छु । ’

भौतिक रुपमा ३ वर्षमा एक अत्याधुनिक प्रेस चौतारी नेपालको भवनमा नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्ने पनि उनले बताएका छन् ।

उनले भने ‘सांगठानिक हिसाबले प्रेस चौतारी नेपाललाई एक श्रमजीवी पत्रकारको पहिलो संगठन र पार्टीको पहिलो जनसंगठनको रुपमा ३ वर्षमा स्थापित गर्नेछु । प्रेस चौतारी नेपालका सदस्यहरु पेसागत र वैचारिक हिसाबले सबैभन्दा अब्बल बन्नेछन् । भौतिक रुपमा ३ वर्षमा एक अत्याधुनिक प्रेस चौतारी नेपालको भवनमा नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्नेछु ।’