८ भाद्र २०८३, सोमबार
,
Latest
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्रीले विधेयकको प्रस्ताव पेस गर्ने आरक्षपीडितको समस्या समाधान गर्न आयोग गठन हुन्छ : मन्त्री रावल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन भजनमार्फत संस्कार र संस्कृति पुस्तान्तरणको अभियान क्रियाशील पत्रकार महिलाको अध्यक्षमा तिवारी किस्पाङ बहुप्राविधिक शिक्षालयमा विद्यार्थीको आकर्षण खोरसोरमा पर्यटकको आकर्षणः ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज भदौरे वर्षातले धानबालीलाई राहत राप्ती सोनारीमा विपद्मा खटिने आफ्नै उद्धार टोली
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति उत्सव जारी



अ+ अ-

लुम्बिनी । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा हिजोदेखि सुरु भएको अन्तर्राष्ट्रिय शान्ति उत्सव जारी छ । लुम्बिनीको प्रवद्र्धन गर्ने उद्देश्यसहित शान्ति उत्सव गरिएको हो ।

महोत्सवको स्वागतमा आयोजित कार्यक्रममा नेपालस्थित चिनियाँ राजदूत चेन सोङले बोल्दै लुम्बिनी विश्वकै पवित्र ठाउँ भएको बताउनुभयो । उहाँले बुद्ध जन्मस्थल लुम्बिनीबाट बुध्द शिक्षा संसारको लागि प्रचार प्रसार गर्न महत्वपूर्ण रहने बताउनुभयो ।

राजदूत सोङले लुम्बिनीलाई ध्यानको अन्तर्राष्ट्रिय केन्द्र बनाउन सकिने पनि बताउनुभयो । ‘नेपाल र चीनको सम्बन्ध हार्ट टु हार्ट अर्थात् मनदेखि मनसम्म छ,’ उहाँले भन्नुभयो ।

कार्यक्रममा अवसरमा नेपाल ओलिम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपाल र चीनको दौत्य सम्बन्धलाई अझै मजबुत बनाउन लुम्बिनी शान्ति उत्सव थप प्रभावकारी हुने बताउनुभयो ।

त्यसैगरी लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाले लुम्बिनीको प्रबद्र्धन र सम्बद्र्धनका लागि चिनियाँ दूतावासको सहकार्यका कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, लुम्बिनी साँस्कृतिक नगरपालिका प्रमुख सरुजिध्दिन खान पनि सहभागी हुनुहुन्थ्यो । कार्यक्रम भोलिसम्म विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।