१० चैत्र २०८१, आईतवार
March 23, 2025 Sunday

22.21°C

काठमाडौं

22.21°C

Kathmandu

Feels-like: 21.19

Wind: 4.12

Humidity: 27

Latest
६६ लाख ५९ हजारले लिए स्थायी लेखा नम्बर, सात महिनामै ४ लाख २६ हजार करदाता… दीपक मलिकको घर भत्काइएको विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग नेपाली बजारमा चिनियाँ विद्युतीय सवारीसाधनहरुको वर्चश्व झनै बढ्यो आईपीएलः ‘एल क्लासिको’ मुम्बई र चेन्नई भिड्दै, वर्षाले खेल बिथोल्ने सम्भावना भब्य दर्शक सहभागिता माझ नेपथ्यको एडिलेड कन्सर्ट सम्पन्न करेन्ट लागेर एकजनाको मृत्यु सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी अमेरिकामा गोली चल्दा तीन जनाको मृत्यु, १५ घाइते भक्तपुरको पिकनिक स्थलनजिक एक व्यक्ति मृत भेटिए, हत्याको आशंका व्हाट्सएपमा नयाँ फिचर: एन्ड्रोइड प्रयोगकर्ताले ‘मोशन फोटो’ शेयर गर्न पाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीद्वारा छ नगरपालिका पुरस्कृत



दक्षिण एसियाली किसान सम्मेलन काठमाडौँ, ७ चैतः प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौँको गौशालामा बिहीबार आयोजित दक्षिण एसियाली किसान सम्मेलनलाई सम्बोधन गर्नुहुँदै । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस
अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका नगरपालिकामध्ये उत्कृष्ट कार्यसम्पादन गरेका छ वटा नगरपालिकालाई पुरस्कृत गर्नुभएको छ ।

नेपाल नगरपालिका सङ्घको ३२औँ दिवसका अवसरमा कार्यसम्पादनका आधारमा उनीहरुलाई पुरस्कृत गरिएको हो । प्रधानमन्त्री ओलीले बर्दियाको ठाकुरबाबा नगरपालिकालाई संस्थागत विकास सेवा प्रवाह र वित्तीय सुशासनका लागि पुरस्कार प्रदान गर्नुभएयो ।

यसैगरी, रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई सहरी योजना, पूर्वाधार तथा विपद् व्यवस्थापनका लागि र कलैया उपमहानगर पालिकालाई सामाजिक विकासमा उत्कृष्ट कार्य गरेबापत पुरस्कृत गरिएको हो ।

प्रधानमन्त्रीले मध्यपुर थिमी नगरपालिकालाई वातावरण संस्कृति पर्यटन प्रवद्र्धन तथा  आर्थिक विकासका निम्ति नवलपरासीको गैँडाकोट नगरपालिका र कैलालीको घोडाघोडी नगरपालिकालाई पुरस्कार प्रदान गर्नुभयो ।

सङ्घका केन्द्रीय अध्यक्ष भीम ढुङ्गानाका अनुसार संविधानका जानकार काशीराज दाहालको अध्यक्षतामा समिति बनाएर नगरपालिकाको कामको मूल्याङ्कन गरिएको थियो । रासस