१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

हा हा हु हु गर्दैमा लोकतन्त्र मासिँदैनः प्रधानमन्त्री ओली

हा हा हु हु गर्दैमा लोकतन्त्र मासिँदैनः प्रधानमन्त्री ओली
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनता चनाखो रहेकाले लोकतान्त्रिक व्यवस्था हटाएर उथलपुथल हुन नसक्ने बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले नेपाली जनता धेरै लामो समय संघर्ष गरेर एउटा सचेतनाका साथ अहिलेको व्यवस्थामा आएकाले हा हा हु हु गर्दैमा अन्य देशहरुको जस्तो व्यवस्था परिवर्तन हुन नसक्ने टिप्पणी गर्नुभयो । लोकतन्त्रलाई सुदृढ गर्ने कुरामा नेपाली जनता पर्याप्त चनाखो रहेको उहाँको भनाइ छ । अबको प्रश्न लोकतन्त्रलाई कसरी व्यवहारिक रुपमा सुदृढ गर्ने ? भन्ने रहेको बताउनु भयो । उहाँले लोकतन्त्र मासिने कुरा हुन नसक्ने जिकिर गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हेर्दाहेर्दै दरबार हत्यकाण्ड जस्ता काण्डहरु भए, सत्ता हत्याउने काम भए । सत्ता हत्याएर समाचार वाचकका पछि बन्दुक उभ्याउने काम भए । यो भन्दा बढी व्याख्या गर्नु परेन । लोकतन्त्र कहाँ बच्यो रु ति दिन नदेखेका मान्छे, त्यस जमानामा नजन्मिएको मान्छे अहिले यो भएन, त्यो भएन, तानाशाही भयो, अधिनायकवाद भयो भन्छन् । के अधिनायकवाद भन्नेकुरा भेगेकै छैनन् । हामी डेमोक्रेटिक सिस्टममा छौँ ।

यसमाथि धावा बोल्ने ? एयरपोर्टदेखि महाराजगञ्जसम्म त खुला उद्घोषका साथ मान्छेहरुले मार्च गरेको देखियो । लोकतन्त्र हुनु हुँदैन, संविधान अनुसार देश चल्नु हुँदैन, कानूनी राज हुनु हुँदैन । अराजकता सिर्जना गरेर केही मान्छेहरुले सजिलो हुन्छ, अस्तव्यस्ता कायम गर्न । केही मान्छेहरुलाई भ्रम छ नेपालमा पनि अरु केही देशहरुमा जस्तै उथलपुथल हाहा हुहु गरेको भरमा हुन्छ भन्ने । नेपाली जनता धेरै लामो समय संघर्ष गरेर एउटा सचेतनाका साथ यहाँ आइपुगेका छन् । त्यसकारण लोकतन्त्रलाई सुदृढ गर्ने कुरामा नेपाली जनता पर्याप्त चनाखो छन् । अबको प्रश्न लोकतन्त्रलाई कसरी व्यवहारिक रुपमा सुदृढ गर्ने ? भन्ने हो । लोकतन्त्र मासिने कुरा हुन सक्दैन ।’

प्रधानमन्त्री ओलीले स्थानीय तहलाई स्वच्छ बनाउने कुरामा आफूहरु लागि परेको बताउनु भयो । उहाँले जनताले सिंहदरबारको सरकार गाउँ गाउँमा मात्रै पुग्यो र सिंहदरबारका भ्रष्टाचारहरु पनि गाउँमा पुगेको भन्दै टिप्पणी गर्ने गरेको बताउनु भयो । सिंहदरबार भ्रष्ट नरहेको दाबी गर्दै सिंहदरबारमा बसेर देशको नेतृत्व गर्ने आफूले सधैँ भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने गरेको बताउनु भयो । उहाँले भ्रष्टाचार मुक्त सुशासन, भ्रष्टाचार अन्त्य गर्ने र जनतालाई सेवामा छिटो छरितो सेवा दिने काममा आफूहरु लागेको बताउनु भयो । उहाँले स्थानीय तहको विकल्प नभएको पनि बताउनु भयो ।

प्रधानमन्त्री ओलीले आफूहरु देश निर्माण गर्ने कार्यकर्ता भएको बताउनु भयो । संविधानको प्रभावकारी कार्यान्वयन र केही कुराहरु संशोधन गर्दा विचार पु¥याएर समयानुकल बनाएर अघि बढ्न जरुरी रहेको बताउनु भयो । संविधान संशोधनको अर्थ प्रणालीको रक्षा गर्ने, प्रभावकारी बनाउने, कमजोरी हटाउने र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने भएको बताउनु भयो ।