२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थ मन्त्रालय सुपर मिनिस्ट्रीको मानसिकतामा छैनः अर्थमन्त्री



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले अर्थ मन्त्रालय सुपर मिनिस्ट्रीको मानसिकतामा नरहेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयकमाथि संशोधनकर्ता सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।

उहाँले आफू मन्त्री रहेसम्म अर्थ मन्त्रालय सुपर मिनिस्ट्री हो भन्ने भ्रममा नरहने स्पष्ट पार्नुभयो । उहाँले विधेयकमा योजना आयोग र महालेखा परीक्षकको कार्यालयको भुमिकालाई संकुचन गर्न खोजेको सांसदहरुले लगाएको आरोप अस्वीकार गर्नुभयो । उहाँले कसैको अधिकार संकुचन गर्नुभन्दा पनि बजेट निर्माणको नेतृत्व अर्थ मन्त्रालयले लिने गरि विधेयक निर्माण गरिएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अर्थ मन्त्रालय सुपर मिनिस्ट्रीको मानसिकतामा छैन । र रहँदैन । कम्तिमा पनि यो अर्थमन्त्री रहँदासम्म अर्थ मन्त्रालय सुपरमिनिस्ट्री हो भन्ने भ्रममा छैन । स्वभाविक रुपमा बजेट निर्माणदेखि बजेट कार्यान्वयसँग समेत जोडिएको मन्त्रालय भएको हुनाले स्रोत व्यवस्थापनदेखि विनियोजनसम्म जोडिएको विषय भएको हुनाले स्वाभाविक रुपमा अन्तरमन्त्रालय समन्वयको अभिभारा अर्थ मन्त्रालयसँग छ । अर्थ मन्त्रालय त्यही मानसिकतामा अगाडि बढ्ने कुरा म आग्रह गर्न चाहन्छु । यहाँ न महालेखाको अधिकारलाई संकुचन गर्न खोजिएको छ नत योजना आयोगको अधिभकार नै संकुचन गर्न खोजिएको छ । प्रष्ट के हो भने बजेट निर्माणको नेतृत्व अर्थ मन्त्रालयले गर्छ ।’

योजना आयोगको अधिकार कटौति नभई उसको भुमिकालाई थप स्पष्ट पारिएको मन्त्री पौडेलको भनाइ छ ।