२१ मंसिर २०८२, आईतवार
,
Latest
नेपालमा लैङ्गिक हिंसाको बहुआयामिक चुनौतीः कानूनी ढाँचा मजबुत भएपनि कार्यान्वयन कमजोर मधेसका मुख्यमन्त्रीद्वारा मन्त्रीमण्डल विस्तार गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको मृत्यु लगानीका लागि स्थायित्व जरुरी छः सिइओ ज्ञवाली राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसरी–मोरङ सिंचाई आयोजनामा स्थायी प्रकृतिको संरचना निर्माणको लागि अध्ययन हुँदैछः प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुनसरी मोरङ सिंचाई आयोजनामा स्थायी प्रकृतिको संरचना निर्माणको लागि विभिन्न विकल्पहरुमा अध्ययन भइरहेको बताउनुभएको छ ।

बिहीवारको प्रतिनिधि सभाको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा बोलदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कोशी नदिको चतरा नजिक साइड इन्टेक निर्माण गरी सिंचाई सेवा उपलब्ध गराइएको भएपनि नदिले धार परिवर्तन गरेर दाँयापट्टि पानीको वहाव च्यापेकोले साइड इन्टेकमा आवश्यक पानीको प्रवेश गराउन नसकिएको बताउनु भयो । उहाँले आयोजनाको दिगो सञ्चालनको लागि प्राविधिक एवं आर्थिक विकल्पको खोजि भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सुनसरी मोरङ सिंचाई आयोजनाको कोशी नदिको चतरा नजिक साइड इन्टेक निर्माण गरी सिंचाई सेवा उपलब्ध गराइरहेको छ । विगत केही वर्षदेखि कोशी नदिले धार परिर्वन गरेर दाँयापट्टि पानीको वहाव च्यापेकोले साइड इन्टेकमा आवश्यक पानीको प्रवेश गराउन सकिएको छैन । तर आयोजनाले प्रत्येक हिउँदमा अस्थायी बाँध बाँधेर यथासम्भव पानी इन्टेकमा प्रवेश गराई सिंचाई सुविा पुर्याउँदै आएको छ । स्थायी प्रकृतिको संरचना निर्माण गरि दिगो तवरले वर्षैभरी पानी संचालन कसरि गर्न सकिन्छ भनेर विभिन्न विकल्पहरुमा अध्ययन भइरहेको छ । प्राविधिक र आर्थिक रुपले सम्भावित विकल्पहरुको छनोट गरि गृहकार्य अगाडि बढाइनेछ । ’

सुनसरी मोरङ सिंचाई आयोजनाले मोरङमा २८ हजार तथा सुनसरी जिल्लामा ४० हजार गरी ६८ हजार हेक्टर जग्गामा सिंचाइ सुविधा पु¥याउदै आएको छ । ५३ किलोमिटर मुल नहर ४ सय किलोमिटर शाखा नहर, प्रशाखा नहर तथा कुलो कुलेसो गरी सो आयोजनाको नहरको लम्बाइ १ हजार ५ सय किलोमिटर भन्दा बढी छ ।