१० चैत्र २०८१, आईतवार
March 23, 2025 Sunday
Latest
व्हाट्सएपमा नयाँ फिचर: एन्ड्रोइड प्रयोगकर्ताले ‘मोशन फोटो’ शेयर गर्न पाउने विगतमा जारी भएका निर्देशनलाई एकीकृत बनाउने काम जारी छः अध्यक्ष ओझा पूर्वराजा शाहद्वारा मनकामना मन्दिरमा पूजाअर्चना आईपीएल ‘डबल हेडर’को पहिलो खेलमा हैदरावाद र राजस्थान खेल्दै, यस्तो छ हेड-टु-हेड पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छः उर्जामन्त्री खड्का सुनको मूल्य तोलामा नौ सयले घट्यो, कतिमा हुँदैछ कारोबार? अमृत साइन्स क्याम्पस र पीएन क्याम्पसमा मतदान जारी अन्न नउब्जने भिरालोमा ‘वनतरुल’ खेती एकीकृत समाजवादीले गणतन्त्र पक्षधरलाई सघाउने यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

आउँदो आर्थिक वर्षदेखि बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको कार्य शुरु गर्न सरकारको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले अगामि आर्थिक वर्षदेखि बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको काम शुरु गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पाण्डेले यस्तो ध्यानाकर्षण गराउनुभएको हो ।

यस आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा राखिएपनि प्राथमिकताका साथ गरिनुपर्ने कामहरु अगाडि बढ्न नसकेको उहाँको भनाइ छ । उहाँले आयोजनाको काम सुरु नहुँदा गोरखा र धादिङका नागरिक अन्योलमा बस्नुपरेको उल्लेख गर्दै निर्माण सुनिश्चितता गर्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘१२०० मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजना अझै निर्माण शुरु भएको छैन । यसलाई राष्ट्रिय गौरवको आयोजनामा राखिएपनि त्यही प्राथमिकताका साथ गरिनुपर्ने कामहरु अगाडि बढ्न सकिरहेका छैनन् । यस आयोजनाबाट प्रभावित गोर्खा र धादिङका जनता अन्यौलमा बस्नु परेको छ । यसले जनतामा अविश्वास र अन्यौलको वातावरण छाइरहेको छ । जलाशययुक्त विद्युतको यस आयोजनाले नियमित विद्युत आपुर्तिमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने भएको हुनाले अगामि आर्थिक वर्ष २०८२/८३ देखि निर्माण शुरु गर्नेगरी आवश्यक व्यवस्था गर्न सम्माननीय सभामुखमार्फत सरकारको गम्भिर ध्यानाकर्षण गराउँदछु ।’

उहाँले उक्त जलविद्युत आयोेजना सम्पन्न भएको खण्डमा नियमित विद्युत आपूर्तिमा महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ ।