१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

दलित समुदायमाथि भइरहेका विभेदका घटना तत्काल बन्द गरी दोषीलाई कारबाही गर्न ध्यानाकर्षण

दलित समुदायमाथि भइरहेका विभेदका घटना तत्काल बन्द गरी दोषीलाई कारबाही गर्न ध्यानाकर्षण
अ अ+ अ-

काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले महिला र दलित समुदायमाथि भइरहेका हत्या, हिसां र विभेदका घटना तत्काल बन्द गरी दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद सिंहले देशभर हत्या र हिंसाका घटनाहरु बढेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले महिला र दलितमाथि श्रृंखलावद्ध रुपमा अत्याचार भइरहेको भन्दै यही सरकारको पालामा किन यस्तो भइरहेको छ ?भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले मधेश प्रदेशमा दलितमाथि भइरहेको दमनका विरुद्ध प्रदेश सरकार नबोल्नु सत्ता बाँडफाँड त होइन ? भन्दै आशंका व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो देशमा के भइरहेको छ ? महिला र दलितमाथि श्रृंखलावद्ध रुपमा अत्याचार भइरहेको छ । यही सरकारको पाला किन त्यस्तो भइरहेको छ ? मधेस सरकार पनि किन त्यसविरुद्ध बोलिरहेको छैन रु सत्ताको बाँडफाँड हो कि ? ’

उहाँले वर्तमान सरकार महिला र मधेसविरोधी रहेको समेत आरोप लगाउनु भयो ।