२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेँसीसहरमा अब बाह्रैमहिना शुद्ध खानेपानी



अ+ अ-

लमजुङ। खानेपानीमन्त्री प्रदीप यादवले बेँसीसहरमा खानेपानी समस्या समाधान भएको बताउनुभएको छ । आज यहाँस्थित सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन तथा हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले अब बाह्रैमहिना स्वच्छ खानेपानी उपलब्ध हुने बताउनुभयो ।

नेपाल सरकारको नीति नागरिकलाई सुरक्षित, दिगो र भरपर्दो खानेपानी सेवा उपलब्ध गराउनु भएकाले देशका दुर्गम क्षेत्रसहित लमजुङका नागरिकको खानेपानी समस्या सधैँका लागि समाधान गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो । “देशका हिमाल, पहाड, तराईसहित विभिन्न दुर्गम क्षेत्रका नागरिकको खानेपानीको समस्या सधैँका लागि समाधान गर्न सरकार पूर्णरुपमा प्रतिबद्ध छ,” मन्त्री यादवले भन्नुभयो ।

भावी योजना अन्तर्गत बँेसीसहर क्षेत्रको खानेपानी सेवा विस्तार गर्न रु १० करोडको नयाँ परियोजना अघि बढाउन नेपाल सरकार प्रतिबद्ध रहेको तथा जलवायु परिवर्तन तथा दिगो खानेपानी व्यवस्थापनका लागि रु १७ करोडको थप योजना स्वीकृत प्रक्रिया अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो ।

आज उद्घाटन गरिएको आयोजनाले बेँसीसहर नगरपालिका–६ देखि १० सम्मका करिब ४५ हजार जनसङ्ख्या तथा तीन हजार ३०० घरधुरी प्रत्यक्ष लाभान्वित हुने जनाइएको छ ।

सार्वजनिक निजी साझेदारी मोडेलमा सञ्चालित सो आयोजनामा सरकारको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशत योगदान रहेको छ । कूल लागत रु २८ करोड ८३ लाख रहेकोमा सरकारको रु २० करोड २८ लाख र उपभोक्ता समितिको रु आठ करोड ६४ लाख लगानी छ ।

उक्त कार्यक्रममा गण्डकी प्रदेशका वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेल, खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्रचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठलगायतको सहभागिता थियो । रासस