६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

२५ करोडसहित टोखाबाट समातिएका लामा राजश्व अनुसन्धानको जिम्मामा



अ+ अ-

काठमाडौँ । विदेशी मुद्रासहित पक्राउ परेका ट्रक चालकलाई प्रहरीले राजवश्व अनुसन्धान विभाग कार्यालय हरिहर भवन, ललितपुर पठाएको छ ।

२५ करोड रुपैयाँ भन्दा बढी रकमसहित टोखाबाट सोमबार राति पक्राउ परेका ट्रक चालक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामालाई प्रहरीले राजश्व अनुसन्धान विभागमा बुझाएको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चालकको सिटमाथि फल्स बटम बनाएर लुकाएको अवस्थामा २५ करोड बढी रकमसहित टोखाको झोरबाट लामालाई पक्राउ गरेको थियो ।

बरामद युरो, डलरसहित थप अनुसन्धान र कारबाहीका लागि विभाग पठाइएको हो । उनलाई मंगलबार नै प्रहरीले विभागको जिम्मा लगाएको थियो ।

उनीमाथि राजस्व छली तथा विदेशी मुद्राको कारोबार गरेको हुँदा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को कसुरमा उच्च अदालत पाटनबाट म्याद लिएर विभागले अनुसन्धान गर्नेछ ।