१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

काँग्रेस सांसद शर्माद्वारा प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रश्ताव दर्ता

काँग्रेस सांसद शर्माद्वारा प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रश्ताव दर्ता
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा सुनिल शर्माले बुधवारको प्रतिनिधि सभाको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रश्ताव दर्ता गराउनुभएको छ ।

जरुरी सार्वजनिक महत्वको सूचना दर्ता गराउँदै सांसद डा। शर्माले स्वास्थ्य बीमाको क्षेत्रमा सबै नागरिकलाई समेट्न जरुरी रहेको बताउनु भयो । उहाँले कमजोर आर्थिक अवस्था र जनचेतनाको अभावले सामान्य प्रकृतिका रोगहरुको कारणले नागरिकले अकालमै ज्यान गुमाउनुपरेको उल्लेख गर्दै स्वास्थ्य बिमा कार्यक्रमलाई विस्तार गर्नुपर्ने बताउनु भयो ।

‘नेपालमा विषेशगरी ग्रामिण क्षेत्र, सिमान्तकृत वर्ग, पिछिडिएका र विपन्न समुदायको कमजोर आर्थिक अवस्था र जनचेतनाको अभाव लगायतका कारणले सामान्य तथा गम्भिर प्रकृतिका रोगहरुका लागि समेत स्वास्थ्य उपचार खर्चको अभाव हुनुका साथै स्वास्थ्य सेवामा पहुँच चुनौतिपूर्ण रहेको हुनाले नेपालका सबै नागरिकका लागि एक व्यापक स्वास्थ्य बिमा योजना प्रारम्भ गरी छिटो, सर्वसुलभ र सहज स्वास्थ्य सेवाको पहुँचमा सबैलाई समेट्न आवश्यक भएको हुनाले’ उहाँको जरुरी सार्वजनिक महत्वको प्रश्तावमा उल्लेख छ ।

प्रश्तावको समर्थन गर्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले संविधानले ग्यारेन्टी गरेको स्वास्थ्य र शिक्षाको हक आम नागरिकले पाउन नसकेको बताउनु भयो । उहाँले स्वास्थ्य मन्त्रालयले सचिव र सम्बन्धीत मन्त्रालयका निकायहरुमा बिना कमिसनको नियुक्ति नहुने जिकिर गर्नुभयो । कसलाई कुन मन्त्रालयको सचिव बनाउने निर्णय सरकारले नभई विचौलियाले गर्ने गरेको उहाँको आरोप छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले राज्यले संविधानले प्रत्याभुत गरेका आधारभुत सुविधाहर जनतालाई नदिएसम्म जनता र राज्यबीचको सम्बन्ध राम्रो नहुने बताउनु भयो । उहाँले राज्य र जनताको सम्बन्ध जोड्नको लागि सरकार जिम्मेवार हुनुपर्ने बताउनु भयो । सरकारले स्वास्थ्य र शिक्षामा प्रयाप्त खर्च नगरि समृद्धिको कुरा गर्नु बेकार हुने उहाँको भनाइ छ । उहाँले स्वास्थ्य क्षेत्रमा सुधार गर्नको लागि लगानी अभिवृद्धि गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले जरुरी सार्वजनिक महत्वको सूचनालाई कार्यान्वयनमा लैजान समेत आग्रह गर्नुभयो ।