१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

संसदलाई नीति र कार्यक्रमका माध्यमबाट जनतालाई जोड्ने थलो बनाउन आवश्यकः सचेतक बराल

संसदलाई नीति र कार्यक्रमका माध्यमबाट जनतालाई जोड्ने थलो बनाउन आवश्यकः सचेतक बराल
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) की सचेतक सुनिता बरालले संसदलाई निराशा पोखर जनता भड्काउने नभई नीति र कार्यक्रमका माध्यमबाट जनतालाई जोड्ने थलो बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद बरालले यस्तो बताउनुभएको हो । उहाँले जनताका समयसापेक्ष समस्या समाधान गर्न चालेका कदमहरुमा सहयोग गर्न समेत उहाँले सबै राजनीतिक दलहरुलाई आग्रह गर्नु भएको छ । उहाँले नयाँ दलहरुले पुराना राजनीतिक दलका नेतृत्वमाथि पुस्ताको कुरा उठाएर गाली गर्ने काम मात्र गरेको समेत आरोप लगाउनु भयो । उहाँले जनता र नयाँ पुस्ताका समस्यामा बसह गरेर पुस्तान्तरण आवश्यकतालाई प्रमाणिकरण गर्न समेत आग्रह गर्नुभयो । उहाँले नेपालको अर्थतन्त्रमा उत्पादनले कममा क्षेत्र ओगटेको उल्लेख गर्दै उत्पादन बढाउनु आजको आवश्यकता भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सदनमा निराशा पाखेर जनतालाई भड्काउने होइन । नीति र कार्यक्रमका आधारमा जनतालाई समेट्ने थलो बनाउन आवश्यक छ । यो कुरालाई संस्थागत गर्न सरकारले चालेका पहलहरुमा सबैले सहयोग गर्न आवश्यक छ । आज नेपालको अर्थतन्त्रको स्वरुप फेरिँदै छ । अर्थतन्त्रमा थोक व्यवसायले ३० प्रतिशत क्षेत्र ओगटेको छ । उत्पादनको क्षेत्रले लगभग १५ प्रतिशत हारहारीले ओगटेको छ । आज समय र हाम्रा आवश्यकताहरु परिवर्तन भएका छन् । तर यो उत्पादकत्व दक्षीण एसियाली मुलुकहरुमै हेर्दाखेरि नेपालमा केही कम भएको हो कि भन्ने अनुभूति हामीलाई भएको छ । आज हामीले उत्पादनको क्षेत्र बढाउन आवश्यक छ ।’

उत्पादन क्षेत्रमा जनशक्ति बढाउनको लागि शिक्षा प्रणालीलाई सिपमुलक बनाउन जरुरी रहेको उहाँको भनाइ छ ।