
काठमाडौँ । काठमाडौँको थापाथली इन्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका प्रल्हाद खड्का निर्वाचित भएका छन् ।
यस क्याम्पसमा विद्युतीय भोटिङ मेसिनमार्फत मतदान भएको थियो । एक हजार ७०७ विद्यार्थीले मतदानमा सहभागिता जनाएका थिए ।
यस्तै, सचिवमा अखिल क्रान्तिकारीका जेसिस उपाध्याय र कोषाध्यक्षमा नेविसंघकै ऋषिकेश प्रजापती निर्वाचित भएका छन् । मतगणना सकिए पनि आधिकारिक घोषणा हुन भने बाँकी छ ।