७ चैत्र २०८१, बिहीबार
March 20, 2025 Thursday
Latest
क्रिकेटर चहल र धनश्रीको ५ वर्षपछि सम्बन्धविच्छेद पर्यटन विकासका लागि हवाई सेवालाई विस्तृत र सबल बनाउन आवश्यक छः प्रधानमन्त्री चलचित्र ‘भूठान’ले फ्राईडे नाईट विथ ह्याप्पियस्ट म्यान क्याम्पेन गर्ने ‘पत्नीले अश्लील चलचित्र हेर्नु सम्बन्धविच्छेदको आधार होइन’ त्रिविका ६२ आंगिक क्याम्पसमध्ये ३७ मा स्ववियु चुनाव, कहाँ कसले जिते ? (सूचीसहित) ब्रेलको लिपिको सिर्जना भएको २०० वर्ष: समाजमा घुलमिल हुन सहयोग गरेको दृष्टिविहीनहरूको भनाइ मेरुङमा भेटियो दुर्लभ रेडपाण्डा विकास निर्माण पूरा गर्न ऋण लिनुपर्ने बाध्यताः प्रधानमन्त्री च्याम्पियन्स ट्रफी विजेता टिमले ५८ करोड नगद पुरस्कार पाउने शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउन सरकार प्रतिवद्ध छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुल्चोक क्याम्पसको सभापतिमा स्वतन्त्र उम्मेदवार श्रेष्ठ निर्वाचित



अ+ अ-

काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित भएका छन् ।

उनी ११०२ मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्दी माओवादी निकट विद्यार्थी संगठनका उम्मेदवार रसिक लम्सालले ७१० मत ल्याए ।

श्रेष्ठ स्नातक सिभिल इन्जिनियरिङ चौथो वर्षमा अध्ययनरत छन् ।

यस्तै, सचिवमा अखिल क्रान्तिकारीका दिवस सापकोटाले १०६४ मत ल्याएर निर्वाचित भएका छन् भने कोषाध्यक्षमा नेविसंघका अल्बर्ट ढकाल १०४२ मत ल्याएर निर्वाचित भए । पुल्चोकमा ३ हजार ८०७ जना मतदाता थिए ।