१२ श्रावण २०८३, मंगलवार
,
Latest
कर्णालीको मुख्यमन्त्री पदमा नेता शाहीको दाबी पेस धनगढीमा ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ को तयारी भारतद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेटवार्ता : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा… राधिका दासीद्वारा निष्पक्ष छानबिनको माग, न्याय सुनिश्चित गर्न सरकारसँग आग्रह देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै एमालेको सरकारलाई आग्रह लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीद्वारा सामूहिक राजीनामा सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’ पूर्वी जिल्लाका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग प्रधानमन्त्रीलाई संसदप्रति जिम्मेवार बनाउन खोजिएको हो, विरोध होइनः प्रमुख सचेतक थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखराको पृथ्वीनारायण क्याम्पसमा मतदान सुरु हुन सकेन



अ+ अ-

पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि मतदान सुरु हुन सकेको छैन । अखिल छैटौँका उम्मेदवारको नाम मतपत्रमा रहे पनि मतदान गर्ने कोष्ठक छुटेपछि मतदान प्रक्रिया सुचारु नभएको हो ।

अखिल (छैटौँ) का क्याम्पस अध्यक्ष सोमनाथ अधिकारीले विज्ञप्ति जारी गरी सबै संगठनको सर्वदलीय बैठक नभईकन निर्वाचन अगाडि बढाएमा त्यसबाट हुने सम्भावित दुर्घटनाको जिम्मेवारी निर्वाचन आयोग नै हुने चेतावनी दिएका छन् ।

राष्ट्रिय स्तरका नेता उत्पादन गरेको पृथ्वीनारायण क्याम्पसको स्ववियु निर्वाचनलाई धेरैले चासो र चिन्ता लिएका छन् ।

यहाँको स्ववियु चुनावलाई विद्यार्थी राजनीति मात्र नभई राष्ट्रिय राजनीति निर्माणको आधारशिलाका रूपमा समेत हेरिएको छ ।

१६ वर्षसम्म हुन नसकेको चुनाव हुने माहौल बन्दा विद्यार्थीहरू उत्साहित छन् । यसअघि २०६५ सालमा भएको निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुबाट रश्मि आचार्य स्ववियु सभापति चुनिएपछि त्यसयता यहाँ निर्वाचन हुन सकेको छैन ।

पृथ्वीनारायण क्याम्पसको अध्यक्षमा ८ जनाको उम्मेदवारी परेको छ । जसमा कमल सुवेदी र विप्लपी न्यौपाने २ जना स्वतन्त्र रूपमा उठेका छन् भने बाँकी ६ जना राजनीतिक दलको भातृ संगठनका उम्मेदवार रहेका छन् ।

एमालेको अनेरास्ववियुबाट विष्णु पौडेल, कांग्रेसको नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट सुशील न्यौपाने, माओवादीको अनेरास्ववियु (क्रान्तिकारी) बाट नवीन अधिकारी, अनेरास्ववियू, अखिल समाजवादी र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट सन्तोष पौडेल, प्राज्ञिक विद्यार्थी परिषद्बाट दिप्सन गुरुङ र अखिल छैटौँबाट मिलन सुनार अध्यक्षका उम्मेदवार रहेका छन् ।

क्याम्पसमा ९ हजार २ सय ७० मतदाता रहेका छन् ।