पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको छेन्दुबाट आएको सिचुवान एयरलायन्सको जहाज अवतरण गर्दै । यही जहाजले आज पोखराबाट छेन्दुका लागि पहिलो व्यवसायिक चाटर्ड उडान गर्दै छ ।
पोखरा पर्यटन परिषद्को नेतृत्वमा पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ राजदुतावास, सिचुवान एअरलाईन्स र नेपालस्थित चाइनीज एसोसिएसनसँगको सहकार्यमा पहिलो पटक व्यवसायिक चाटर्ड उडान गर्न लागिएको हो ।
तस्बिरः राधिका कँडेल/रासस











