१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

विधेयकमा स्थानीय तहको वित्तिय स्वायत्ततामा असर पर्ने प्रावधान राख्नु हुँदैन सांसदहरु

विधेयकमा स्थानीय तहको वित्तिय स्वायत्ततामा असर पर्ने प्रावधान राख्नु हुँदैन सांसदहरु
अ अ+ अ-

काठमाडौँ । आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन)विधेयकले बजेट निर्माण प्रक्रियामा महत्वपूर्ण भुमिका खेल्ने सांसदहरुले बताएका छन् ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा सहभागि हुँदै उनीहरुले यस्तो बताएका हुन् ।

विधेयकले मुलुकमा वित्तीय अनुशासन कायम गर्दै तीन तहको सरकारबीच समन्वय र बजेट निर्माणमा एकरुपता कायम गर्न महत्वपूर्ण सावित हुने उनीहरुको भनाइ छ । नेकपा (एमाले)की सांसद जुलीकुमारी महताले विधेयकले आर्थिक प्रशासनलाई थप पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउने लक्ष्य राखेको बताउनु भयो । उहाँले ऐनमार्फत मुलुकमा वित्तीय अनुसाशन मजबुत पार्दै सार्वजनिक खर्चको प्रभावकारिता अभिवृद्धि आशा गरिएको बताउनु भयो । उहाँले विधेयकले वित्तिय अनुशासनलाई बलियो बनाउन खोजेतापनि यसको कार्यान्वयन सुनिश्चितता गर्न स्वतन्त्र अनुगमन संयन्त्रको व्यवस्था गर्नुपर्ने बताउनु भयो । उहाँले विधेयकमा स्पष्ट वित्तीय अनुगमन निकायको भूमिका तथा दायित्व समावेश गरिएमात्र यसको प्रभावकारीता बढ्ने बताउनु भयो । उहाँले विधेयकमा वित्तिय संघीयतालाई असर गर्ने व्यवस्था नगर्न समेत सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, ‘यो एउटा महत्वपूर्ण विधेयक हो । जसले हाम्रो आर्थिक प्रशासनलाई थप पारदर्शी, उत्तरदायि र प्रभावकारी बनाउने लक्ष्य राखेको छ । यो विधेयकले वित्तिय अनुसाशन मजबुत पार्दै सार्वजनिक खर्चको प्रभावकारिता अभिवृद्धि गर्ने आशा गरिएको छ । यो स्वागतयोग्य छ । विधेयकले वित्तिय अनुशासनलाई बलियो बनाउन खोजेतापनि यसको कार्यान्वयन सुनिश्चितता गर्न स्वतन्त्र अनुगमन संयन्त्रको व्यवस्था आवश्यक देखिन्छ । यदि यसमा स्पष्ट रुपमा वित्तीय अनुगमन निकायको भुमिका तथा दायित्व समावेश गरिन्छ भने यसको प्रभावकारीता अझ बढ्नेछ भन्ने मलाई लागेको छ । त्यस्तै विधेयकले संघीय ढाँचालाई बलियो बनाउने कुरालाई सम्बोधन गरेता पनि स्थानीय तहको वित्तिय स्वायत्ततामा असर पर्ने कुनैपनि प्रावधान नराख्नु आवश्यक छ । स्थानीय तहलाई वित्तीय स्वायत्तता दिई प्रविधि हस्तान्तरण गर्नु जरुरी छ ।’

जनमत पार्टीका सांसद अब्दुल खानले विधेयकले बजेट निर्माण प्रक्रियामा टेवा पुग्ने बताउनु भयो । उहाँले विधेयकले कानूनी रुप लिएपनि कुनै नेताको क्षेत्रकेन्द्रित बजेट विनियोजन गर्ने प्रवृत्तिको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले मुलुकमा वित्तिय अनुसाशन र पारदर्शीता कायम गर्न, संघ प्रदेश र स्थानीय सरकारबीच समन्वय र एकरुपता कायम गर्न विषेश व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बजेट निर्माण प्रक्रियामा सुधार गर्नको लागि यो विधेयक ल्याइएको छ । तर यसअघि केही नेता र केही क्षेत्रहरुमा ४० प्रतिशतभन्दा बढी गएको गुनासो माननीय सदस्यहरुले नै गर्नु भएको हो । के यो काम अब बन्द हुन्छ कि भन्ने आशा छ । दोस्रो, वित्तिय अनुसाशन र पारदर्शीता कायम गर्न, संघ प्रदेश र स्थानीय सरकारबीच समन्वय र एकरुपता कायम गर्न यो ऐनमा पनि व्यवस्था गर्नुपर्छ । र अबको बजेट निर्माणमा पनि यो कुरालाई ख्याल गर्नुपर्छ । जनसंख्या र समस्याको आधारमा प्रदेशहरुलाई बजेट छुट्याउनुपर्छ र प्रदेशहरुले अहिलेसम्म खर्च गरेको अवस्थालाई पनि मध्यनजर गर्नुपर्छ ।’

नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले देशको अर्थ प्रणालीलाई व्यवस्थित नगर्दासम्म रोजगारीसँग सम्बन्धीत र नागरिकमा आशा जगाउन नसकिने टिप्पणी गर्नुभयो । उहाँले मुलुकमा वर्षेनी वैदेशिक ऋण बढिरहेको उल्लेख गर्दै यसमा अर्थमन्त्रालयले ध्यान दिन नसकेको बताउनु भयो । उहाँले अर्थ मन्त्रालय पुँजी प्रवाह गरेर अर्थ प्रणालीमा सकारात्मक सूचकांकहरु प्रश्तुत गर्ने कुरामा अल्झिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले विधेयकमार्फत सरकारले वित्तिय संघीयतालाई नअपनाएको आरोप समेत लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘देशको अर्थ प्रणालीलाई व्यवस्थित नगर्दासम्म आर्थिक प्रणाली खासगरि रोजगारीसँग सम्बन्धीत कुरा र नागरिकलाई आशा जगाउने कुराको प्रत्याभूत चाँही प्रकट गर्न सक्दैन । यदिबेला देशको ऋण २६ खर्ब नाघिसक्यो । विगत सात महिनामा रेमिट्यान्स मात्रै ९ खर्ब आएको छ । विदेशी संचिती २४ खर्ब देखिन्छ । पैसा कहाँ गयो ? बजारमा र बैंकमा पैसा छैन । लगानीयोग्य रकम अल्झिएर बसेको छ । अर्थ मन्त्रालयले पूँजी प्रवाह गरेर अर्थप्रणालीमा सकारात्मक सूचकांकहरु प्रश्तुत गर्ने कुरामा किन अल्झिएको हो । यसमा अर्थमन्त्रीको ध्यानाकर्षण गराउन चाहान्छु । यो आर्थिक वर्षको अहिलेसम्म संघीय सरकारको बजेट न्युन खर्च भएको छ । प्रदेशको १६ प्रतिशत मात्र खर्च भएको देखिन्छ । स्थानीय तहको स्थिति पनि यस्तै छ । अर्को वर्ष को बजेट पेस गर्ने बेला भइसक्यो । यो ऐनसँगै यी कुरामा विषेश ध्यान दिएर अगाडि बढ्नको लागि अनुरोध गर्न चाहान्छु ।’

छलफलमा बोल्ने अधिकांश सांसदहरुले मुलुकको अर्थतन्त्रमा सुधार नभएसम्म लोकतन्त्र समेत सुदृढ नहुने धारणा राखेका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयकमाथिको सैद्धान्तिक छलफल जारी छ ।