२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिस्थापन विधेयकमार्फत सरकारले नीतिगत र कानूनी सुधार गर्न खोजेको छः प्रमुख सचेतक घिमिरे



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सरकारले अध्यादेशका प्रतिस्थापन विधेयकमा सरकारले नीतिगत र कानूनी सुधार गर्न खोजेको दाबी गर्नुभएको छ ।

आईतवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद घिमिरेले यस्तो बताउनुभएको हो ।

उहाँले सरकारले अध्यादेशका प्रतिस्थापन विधेयकमार्फत कार्यान्वयनगत सुधार ल्याउन खोजेको बताउनु भयो । उहाँले विधेयकहरुमा अझैपनि सुधार गर्न जरुरी रहेको भएपनि प्रतिपक्षी दलले नबुझि विरोध गर्न खोजेको आरोप लगाउनु भयो । उहाँले विधेयकको प्रक्रियामा विरोध हो कि कन्टेन्टको विषयवस्तुमै विरोध हो रु भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अध्यादेशका प्रतिस्थापन विधेयकमा सरकारले केही कुरा गर्न खोजेको छ । केही नीतिगत सुधार, कानूनी सुधार र कार्यान्वयनगत सुधार ल्याउन खोजेको छ । तर यो पनि पर्याप्त छैन । यतिले मात्र हाम्रो मुलुकको अर्थतन्त्र चलायमान हुनसक्ने अवस्था छैन । त्यसैले अझै थप सुधारका आवश्यकताहरु छन् । तर प्रतिपक्षी दलहरुले अलि धेरै नै विरोध भएको जस्तो देखे प्रक्रियामै विरोध हो कि कन्टेन्टको विषयवस्तुमै विरोध हो ? त्यो मैले बुझेको छैन । यसमा थप विरोध गर्नुभन्दा यसमा थप कुराहरु त्यसमा थप्न जरुरी छ ।’

उहाँले विरोधको लागि विरोध गर्नुभन्दा विधेयकमा आवश्यक सुधारका कुराहरु थप्न समेत प्रतिपक्षी दलहरुलाई आग्रह गर्नुभयो ।