२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद बजगाईँद्वारा मन्त्री पाण्डेमाथि कारवाही माग गर्दै अनुशासन आयोगमा उजुरी



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले पर्यटनमन्त्री बद्री पाण्डेविरुद्ध पार्टी केन्द्रीय अनुशासन आयोगमा उजुरी गरेका छन् ।

सांसद बजगाईँले विभिन्न ४ आरोप लगाउँदै उजुरी गरेका हुन् । पाण्डेले केही दिनअघि एक सार्वजनिक कार्यक्रममा कांग्रेसको सिद्धान्त, संविधान र राष्ट्रिय हितविपरीत बोलेको बजगाईँले आरोप लगाएका छन् ।

‘म नेपाली कांग्रेसको निष्ठावान सदस्यको नाताले आफ्नो पार्टीभित्र वैधानिक प्रश्न उठाउने अधिकार राख्दछु। पार्टीको नीति, सिद्धान्त, संविधान र नेपाली लोकतान्त्रिक मूल्यहरू विपरीत हुने अभिव्यक्तिहरूप्रति ध्यानाकर्षण गराउँदै, नेपाली कांग्रेसका पदाधिकारी नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे द्वारा हालसालै सार्वजनिक रूपले व्यक्त गरिएको विचारप्रति गम्भीर आपत्ति जनाउदै अनुशासनात्मक कारवाहीको माग गर्दछु।’ उनले उजुरीमा भनेका छन् ।

पार्टीका एक वरिष्ठ नेता एवं मन्त्रीबाट साम्यवादी एकदलीय प्रणालीको गुणगान गाउनु पार्टी विधानको गम्भीर उल्लङ्गन रहेको सांसद बजगाईँको ठहर छ ।

मन्त्री पाण्डेको अभिव्यक्ति प्रजातन्त्रप्रति अपमानजनक मात्र नभई नेपालको लोकतान्त्रिक प्रणालीलाई चीनको एकदलीय शासन मोडलतर्फ धकेल्ने दुस्प्रयास समेत रहेको उनको आरोप छ ।