१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते

युक्रेन युद्धविराम प्रस्तावबारे अमेरिकी सूचना पर्खिरहेको क्रेमलिनको भनाइ

युक्रेन युद्धविराम प्रस्तावबारे अमेरिकी सूचना पर्खिरहेको क्रेमलिनको भनाइ
अ अ+ अ-

एजेन्सी । रूसले साउदी अरबमा भएको वार्तापछि किएभ सहमत भएको युक्रेनमा प्रस्तावित युद्धविरामको विस्तृत विवरणबारे अमेरिकाले जानकारी गराउने प्रतिक्षा गरिरहेको क्रेमलिनले जनाएको छ ।

युक्रेनले ३० दिने युद्धविरामको सुझावलाई समर्थन गर्दै रुससँग तत्काल वार्ता गर्न सहमत भएपछि वासिङ्टनले अब बल मस्कोको कोर्टमा पुगेको बताएको छ ।

जेद्दाह वार्तापछि अमेरिकाले युक्रेनलाई दिइँदै आएको सैन्य सहायतामा लगाइएको प्रतिबन्ध फुकुवा गरेको थियो ।

मस्को युद्धविरामका लागि सहमत हुन्छ कि हुँदैन भन्ने प्रश्नमा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारलाई भन्नुभयो, “तपाईहरू धेरै अघि बढ्नुभयो ।”

उहाँले थप्नुभयो, “हामीले आगामी दिनमा अमेरिकीहरूसँग सम्पर्क गर्ने योजना बनाएका छौं, जुन अवधिमा हामी सम्पूर्ण जानकारी प्राप्त गर्ने मा भरोसा गर्दछौं।”

पेस्कोभल भन्नुभयो, “अमेरिकी विदेशमन्त्री मार्को रुबियो र सल्लाहकार माइकल वाल्जले आगामी दिनमा विभिन्न च्यानलहरू मार्फत हामीलाई वार्ता र भएका समझदारीहरूको बारेमा जानकारी दिनेछन् भन्ने हामी अनुमान गरेका छौँ ।”

युक्रेनसँगको वार्तामा संलग्न अमेरिकी अधिकारीसँग ‘उच्चस्तरीय’ फोन वार्ता हुने सम्भावनालाई स्वीकार्दै उहाँले भन्नुभयो, “अमेरिकासँगको कुराकानी पछि यस सदर्भमा के गर्ने भन्ने निर्णय गर्नु उपयुक्त होला ।”

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत महिना आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग युक्रेनमा तीन वर्षदेखि जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कुराकानी गर्नुभएको थियो ।

मस्कोले यसअघि युक्रेनमा युद्धविराम गर्न सहमत नहुने बताउँदै आएको थियो र यसले किएभलाई पुनः हतियार उठाउने अवसरको खोजी गरिरहेको तर्क गर्दै आएको थियो।

पेस्कोभले मस्कोले जेद्दाहमा दिइएका सबै वक्तव्यहरूलाई ध्यानपूर्वक अध्ययन गरिरहेको पनि बताउनुभयो ।