१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

सात महिनासम्म सम्पती विवरण सार्वजनिक गर्न नसक्ने सरकारले मुलुकमा सुशासन कायम गर्ने कुरा लज्जास्पद: सांसदहरु

सात महिनासम्म सम्पती विवरण सार्वजनिक गर्न नसक्ने सरकारले मुलुकमा सुशासन कायम गर्ने कुरा लज्जास्पद: सांसदहरु
अ अ+ अ-

काठमाडौँ । सरकार गठन भएको सात महिनासम्म पनि सम्पती सार्वजनिक नगरेको सरकारले मुलुकमा सुशासन कायम गर्नेकुरा लज्जाजनक र हाँस्यास्पद रहेको सांसदहरुले टिप्पण गरेका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’लाई प्रश्तुत गर्न अनुमति माग्ने प्रश्तावमाथि विरोधको सूचना दिँदै उनीहरुले यस्तो टिप्पणी गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरूले करिव ७ महिनासम्म पनि सम्पत्ति सार्वजनिक गरेका छैनन् । कानुनतः सार्वजनिक पद धारण गरेका व्यक्तिले नियुक्त भएको दुई महिना (६० दिन)भित्र सम्पत्ति विवरण पेश गर्नुपर्ने व्यवस्था छ भने प्रधानमन्त्री तथा मन्त्रीहरूले नैतिक आचरण र पारदर्शिताका लागि सम्पत्ति सार्वजनिक गर्ने प्रचलन रहेको छ । बैठकमा बोल्दै आम जनता पार्टी ९आजपा० का अध्यक्ष प्रभु शाहले सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकले भ्रष्टाचार र कुशासनलाई बढावा दिएको आरोप लगाउनुभएको छ ।

‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’,लाई प्रश्तुत गर्न अनुमति माग्ने प्रश्तावमाथि विरोधको सूचना दिँदै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले वर्तमान सरकार नै कुशासन र अपारदर्शीतामा लिप्त रहेको आरोप लगाउनु भयो । सरकार गठन भएको सात महिना बित्दा समेत सरकारका प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो सम्पती विवरण सार्वजनिक नगर्नुले सरकार पारदर्शीतामा जिम्मेवार नरहेको पुष्टि भएको उहाँको भनाइ छ । उहाँले सरकारले संसदलाइ छलेका कारण सुशासनको सोच कहीँ पनि नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकार बनेको सात महिना भयो मन्त्री र प्रधानमन्त्रीको सम्पत्ति सार्वजनिक गरिएको छैन । सुशासन र पारदर्शीतामा बनेको भए सायद एक महिनामै सार्वजनिक गर्नुपर्ने हो । अहिलेसम्मको परम्परा हेर्ने हो भने जिम्मेवार सरकारले समयमै आफ्नो दायित्व पूरा गर्छ । भनेको सुशासनको मेरुदण्ड भनेको पारदर्शिता हो । सरकार कहीँ पनि पारदर्शितामा जिम्मेवार छैन । आजको यो विधेयकले लुट र भ्रष्टाचारलाई बढावा गरेको देखिन्छ । यसलाई नियन्त्रण गर्न सरकारमा चिन्ता पनि देखिदैन । यदि सरकार सुशासन वृद्धि गर्न चाहान्थ्यो भने संसदलाई छल्ने कुरा कल्पना समेत गर्न सकिदैन । संसद जनताको प्रतिनिधित्व संस्था भएको हिसाबले संसदलाई छल्नु भनेको सरकारमा सुशासनको सोच कँही पनि देखिँदैन ।’

नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले सरकारले ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक सुशासनलाई खुम्च्याउने विधेयक भएको आरोप लगाउनु भयो । विधेयकको नियत र उद्देश्य नै ठिक नभएको आफ्नो निष्कर्ष रहेको उहाँको भनाइ छ । उहाँले विधेयका गैरआवासीय नेपालीको परिभाषा समेत स्पष्ट नरहेको बताउनु भयो ।

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले संसद छलेर अध्यादेश जारी गरेको कारण पहिलो दृष्टिमै विधेयकको विरोध गर्नुपरेको बताउनु भयो । उहाँले संसद अधिवेशन बोलाउने विद्यमान अवस्था समेत छलेर सरकारले अध्यादेश ल्याएको कारण विरोध गर्नुपरेको बताउनु भयो । गैरआवासीय नेपाली नागरिकको हक र अधिकारका सम्बन्धी कानूनलाई गोलमटोल बनाइएको आरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो, ‘संसदको अधिवेशन बोलाउने विद्यमान परिस्थिति रहँदारहँदै अधिवेशन बोलाउन विलम्ब गर्ने र संसदलाई छलेर यति धेरै अध्यादेशहरु एकैचोटि ल्याउने जुन काम सरकारबाट भयो त्यसकारण यसको विरोध गर्नु परेको छ । १२ वटा ऐनलाई संशोधन गर्न ल्याइएको कारण पनि यो विधेयकको विरोध गर्नु परेको हो । सरकार जनताप्रति उत्तरदायि होस् । सरकारले संविधानको समेत ख्याल नगरेर विधेयक ल्याएको छ ।’

बैठकमा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अध्यादेशबाट सरकार चलाउन खोज्ने सरकारले सुशासनका कुरा गर्दा पत्याउन नसकिने बताउनु भयो । सरकारको सम्पत्ति कति छ र आजसम्म सार्वजनिक गर्न सक्नु एन < भन्दै उहाँले प्रश्न गर्नुभयो । उहाँले सरकारको यही आचारण र शैलीको कारण लोकतन्त्र र गणतन्त्र खतरमा रहेको बताउनु भयो ।

विरोधको सूचनाका प्रश्तावक सांसदहरुले सरकारले आफ्नो सम्पती विवरण समेत सार्वजनिक गर्न नसक्दा सुशासन कायम गर्ने कुरा हाँस्यास्पद रहेको टिप्पणी गरेका छन् ।