१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

प्राकृतिक स्रोत तथा वित्त आयोगले समानिकरणको अनुदान वितरणमा पक्षधरता लिने गरेको राप्रपको आरोप

प्राकृतिक स्रोत तथा वित्त आयोगले समानिकरणको अनुदान वितरणमा पक्षधरता लिने गरेको राप्रपको आरोप
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद विना लामाले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले समानिकरणको अनुदान वितरणको आधार र मापदण्ड नबनाई पक्षधरलाई बाँडफाँड गरेको आरोप लगाउनुभएको छ ।

बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद लामाले यस्तो आरोप लगाउनुभएको हो । उहाँले अमेरिकी सहयोग परियोजना युएस एडको अनुदान सहयोग समेत आयोगको मिलोमतोमा दुरुपयोग गरिएको आरोप लगाउनु भयो । उहाँले युएस एडको सहयोग दुरुपपायेग गर्नमा आयोथगका पदाधिकारीको समेत संलग्नता रहेको भन्दै आवश्यक छानविन गर्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले समानिकरणको अनुदान वितरणको आधार र मापदण्ड वितरणको पक्षधरको आधारमा बाँडफाँड गर्ने गरेको बुझिएको छ । सभामुख महोदाय यस्तै आयोगको स्वीकृतिबिना युएस एडको सहयोग दुरुपयोग भएको र यसमा आयोगकै पदाधिकारी संलग्न छन् भन्ने समाचार आएको छ । यसले गैरजिम्मेवारी पन देखाइएको छ । यसमा निष्पक्ष छानविन गरी सदनमा जानकारी गराउन माग गर्दछु ।’

उहाँले आयोगको संलग्नता र अनुदान वितरणको विषयमा सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।