काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई बदर गरेको छ ।
न्यायाधीशहरू डा.मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने आयोगको साढे दुई वर्षअघिको निर्णय खारेज गरेको हो ।
सर्वोच्च अदालतको यो फैसलापछि उनको पद सुरक्षित भएको छ ।
तत्कालीन समयमा सर्वोच्च अदालतकै अन्तरिम आदेशका कारण कार्कीको उम्मेदवारी यथावत भएको थियो भने उनी ललितपुर–३ बाट निर्वाचित भएकी थिइन् ।










