१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले लोकतन्त्रको लक्ष्मण रेखा नाघ्योः अध्यक्ष दाहाल



photo: rss
अ+ अ-

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारले लोकतन्त्रको लक्ष्मण रेखा नाघेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो आरोप लगाउनुभएको हो ।

दुई तिहाईको वर्तमान सरकार नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको लागि घातक हुने उहाँको जिकिर छ । वर्तमान सरकार र सत्तारुढ दलहरुले संख्याको अहंकारमा सत्ताको दुरुपयोग गरिरहेको अध्यक्ष दाहालको आरोप छ । उहाँले सरकारले प्रतिपक्ष र जनतलाई महत्व नदिएकै कारणले जनता सडकमा ओर्लिने अवस्था सिर्जना भएको बतउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो दुई तिहाई नै नेपालको लोकतन्त्रको लागि, नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको लागि घातक हुने त होइन भन्ने प्रश्न जनताको मनमा जन्मिसकेको छ । यसमा तपाईहरुलाई गम्भिर रुपमा सोच्न अनुरोध मात्र गर्न सक्छु अहिले । यो संख्याको अहंकार त छदैछ । त्यो अहँकारकबाट सत्ताको दुरुपयोग शुरु भयो । प्रतिपक्ष र जनताको रचनात्मक खबदारीलाई सरकारले कुनै भाउ नदिएकै कारण आज जनता सडकमा ओर्लिेने अवस्था आएको छ । र तपाईहरुलाई लागेको होला हामीसँग दुई तिहाई छ कसले के गर्न सक्छ ? सर्वप्रथम त तपाईले लोकतन्त्रको लक्ष्मण रेखा नाघ्ने गर्नुभएको छ । यो सरकारको जन्म नै लोकतन्त्र विरुद्ध भयो, संविधान विरुद्ध भयो भन्ने मेरो गम्भिर भनाई छ । पहिलो र दोस्रो पार्टी मिल्ने कुरा नै लोकतन्त्रको मूल मर्म विपरित छ । ’

उहाँले वर्तमान सरकारको जन्म नै लोकतन्त्र र संविधान विरोधी कदमबाट भएको टिप्पणी गर्नुभयो ।