२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजाको उक्साहटबाट संविधान विपरितका कार्य भइरहेका छन्ः एमाले



अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहको उक्साहटबाट संविधान विपरितका कार्य भइरहेको आरोप लगाएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै एमाले मुख्य सचेतक महेश बर्तौलाले यस्तो आरोप लगाएका हुन् ।

पूर्वराजाले पछिल्लो समय गरिरहेका गतिविधिहरू दण्डनीय भएको भन्दै लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने उनले जिकिर गरे ।

पूर्वराजा शाहको निर्देशन र उक्साहटबाट यस्ता गतिविधि भइरहेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण समेत गराए ।

बर्तौलाले भने– ‘पूर्वराजा ज्ञानेन्द्रको नामबाट, उहाँको निर्देशन र उक्साहटबाट संविधान विपरितका कार्य भइरहेका छन् । पञ्चायतकालीन राष्ट्रिय गान गाउने, मुलुकको राष्ट्रिय गान गाउने, अवमूल्यन गर्ने काम भइरहेका छन् । पूर्वराजा स्वयंले उक्साइरहेका छन् । उनको उपस्थितिमा यी कामहरू भइरहेका छन् ।’

यस्तै, भारतीय जनता पार्टीका नेतासमेत रहेका उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको ब्यानरसहित र्‍याली भइरहेको भन्दै कानुनी दायरामा ल्याउन उनले आग्रह समेत गरे ।

‘केही र्‍यालीहरूमा विदेशी विशेषगरी भारतीय जनता पार्टीका नेता उत्तरप्रदेशका मुख्यमन्त्रीको ब्यानरसहितको र्‍याली भइरहेको देखिए । यस्ता कार्यलाई कानुनी दायरामा ल्याउन जरुरी छ ।’ उनले भने ।

यस्तै, बर्तौलाले संग्राहलयमा थन्किएको राजतन्त्रलाई फेरि पनि हुकुमका माध्यमबाट देश चलाउँछु भन्ने सपना देख्ने वा देख्न लगाउनेहरू सचेत हुन चेतावनी समेत दिए ।