२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माटोको ढिस्को खस्दा दुई जनाको मृत्यु



अ+ अ-

अछाम।अछाममा माटोको ढिस्कोमा पुरिएर दुई महिलाको मृत्यु भएको छ ।

जिल्लाको मङ्गलसेन नगरपालिका–९ ओलीगाउँको रातोमाटेमा आज दिउँसो माटोको ढिस्कोमा परी सोही नगरपालिका–८ सुतुडा निवासी २७ वर्षीया देउरुपा बोहरा र २३ वर्षीया विनिता बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

घर लिप्न माटो खन्ने क्रममा ढिस्कोले पुरिदा दुवै जनाको घटनास्थलमै मृत्युु भएको हो । मृतक दुवैको शव स्थानीय र प्रहरीको सहयोगमा माटोको ढिस्कोबाट निकालिएको छ । रासस