२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकमा आन्तरिक रोजगारी अभिवृद्धि गर्न उद्यमशीलतालाई प्राथमिकतामा राखेका छौँः प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा आन्तरिक रोजगारीको सिर्जना गर्न सरकारले उद्यमशीलतालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित श्रम तथा रोजगार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले सरकारले नीति तथा कार्यक्रममै रोजगारी प्रवद्र्धन दशक घोषणा गरेको उल्लेख गर्दै यो लगानी र रोजगारी अभिवृद्धि दशक हुने बताउनु भयो । उहाँले सन् २०३० सम्ममा उद्यमशीलता र आधुनिकीकरणमार्फत सोचेभन्दा बढी रोजगारीका अवसर सिर्जना गर्न सकिने बताउनु भयो ।

नेपालमा काम अनुसारको पारिश्रमिक नपाउँदा श्रमिकहरु विदेशी गइरहेका कारण श्रम बजार र पारिश्रमिकबीच सन्तुलन कायम गर्नु आजको आवश्यकता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले अहिले उद्यमशीलतामा जोड दिनुपर्छ । हाम्रो अहिलेको फोकस भनेको उद्यमशीलता हो । हामीले रोजगारी प्रवद्र्धन दशक भनेका छौं । त्यो भनेको उत्पादकत्व वृद्धि दशक हो । लगानी र अभिवृद्धि दशक हो । जसले रोजगारीका अवसरहरु सिर्जना गर्दछ । सन् २०३० सम्ममा नेपालमा राजगारीका अजसरहरु हामीले सोचेभन्दा बढी सिर्जना गर्नुपर्दछ उद्यमशीलताको मार्फत, आधुनिकीकरणको मार्फत । कृषिको आधुनिकीकरण गर्नसक्यो भने त्यहीबाट उद्यमशीलताको अभिवृद्धि गर्न सकिन्छ । त्यहीबाट आम्दानी बढी हुन्छ ।’

उहाँले सरकार फलाम र तेल खानीको उत्खनन गर्ने तयारीमा रहेको समेत बताउनु भयो । उहाँले फलाम खानीमार्फत नेपाललाई स्टिल र फलामजन्य धातुमा आत्मनिर्भर बनाउन सकिने बताउनु भयो । उहाँले श्रम पलायन रोक्दै मुलुकभित्रै रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको समेत बताउनु भयो । उहाँले उद्यमशीलताको विकास गरी परिस्थितिमा परिवर्तन ल्याउन र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सरकार लागिरहेको उल्लेख गर्दै निजी क्षेत्रको सहयोग अपरीहार्य रहेको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले भन्दै आएका छौं निजी क्षेत्रले अर्थतन्त्रलाई लिड गर्छ भनेर । श्रमिकलाई मुलुकभित्रै रोजगारी गर्न प्रोत्साहन गर्नको लागि तपाईहरुले काम गर्न सक्नुहोस् । यस काममा सरकारले सहयोग गर्छ । यो त सरकारको कर्तव्य हो । रोजगारीको अवसर सिर्जना गर्दै स्थितिमा सुधार ल्याउनु सरकारको दायित्व हो ।’

काम गरेर जीविका चलाउने स्थिति नभएका कारण श्रमिक पलायन बढिरहेको उहाँको भनाइ छ ।