१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

अहिले नेपाली समाज संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छः सांसद गौतम

अहिले नेपाली समाज संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छः सांसद गौतम
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) की सांसद इन्दिरादेवी गौतमले अहिले नेपाली समाज संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको बताउनुभएको छ ।

राष्ट्रिय सभाको आईतवारको बैठकमा बोल्दै सांसद गौतमले यस्तो बताउनुभएको हो । उहाँले संक्रमणकालमा अपेक्षित उपलब्धी नहुँदा जनतामा केही पनि भएन भन्ने भाष्य स्थापित हुँदै गइरहेको बताउनु भयो ।

उहाँले संसदभित्र हुने हरेक छलफल र निर्णयहरुले राष्ट्रिय राजनीतिमा ठूलो महत्व राख्ने उल्लेख गर्दैमा सबै सचेत हुन जरुरी रहेको बताउनु भयो । उहाँले सांसदहरु नै आरोप र प्रत्यारोपमा अल्झिरहँदा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पुरा हुन नसक्ने बताउनु भयो । क्षणिक लाभका लागि आम जनतामा फैलाइएका झुटा भ्रम र समाचारले नैराश्यता मात्र जगाउने भएका कारण यसमा सबै सचेत हुन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संसदभित्र हुने हरेक छलफल र निर्णयहरुले राष्ट्रिय राजनीतिमा एकदमै ठूलो महत्व राख्दछ । जनताको जीवनस्तरसँग प्रत्यक्ष सरोकार राख्ने विषयस्तुमाथिको छलफल र निर्णहरुलाई जनताले निकै आशा र भरोसा लिएर हेर्न लालयित हुन्छन् । यसर्थ हाम्रा बैठकमा सत्य र तथ्यमा आधारित विषयवस्तुलाई गहिराईमा बुझेर जनतामा भ्रम सिर्जना हुन नदिने, राष्ट्रसम्मान र राष्ट्रियतामा आँच नआउने गरी जनतामा निराशाको बिजारोपण नहुने गरी गरिनुपर्दछ । हामी आरोप र प्रत्यारोपमा अल्झिरहँदा समृद्ध नेपाल, सुखी नेपाली भन्ने हाम्रो लक्ष्य ओझेलमा पर्न सक्छ । क्षणिक लाभका लागि आम जनतामा फैलाइएका झुटा भ्रम र समाचारले नैरोश्यता मात्र जगाउँछ । यसले कसैलाई पनि दृघकालीन फाइदा पुयाउदैन । यसतर्फ सबै सचेत बनौँ । अहिले नेपाली समाज संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ । संक्रमणकालमा हामीले अपेक्षा धेरै गरेका हुन्छौं । त्यसअनुसारको उपलब्धी नहुँदा केही पनि भएन भन्ने भाष्य स्थापित हुँदै गएको छ । हामीले सोचजति र चाहेजति प्रगति भएको छैन । तर केही क्षेत्रमा राम्रो सुधार भएका छन् ।’

उहाँले संघीय मन्त्रालयबीच समन्वय नहुँदा जनताको अपेक्षाअनुसार विकास निर्माणले तिव्रता पाउन नसकेको बताउनु भयो ।