२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेसवादी दल अवसरवादको दलदलमा फस्न हुँदैनः अध्यक्ष दाहाल



अ+ अ-

रौतहट । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसवादी दलहरू अवसरवादको दलदलमा फस्न नहुने धारणा राख्नुभएको छ ।

आज पार्टीको तराई–मधेस जागरण अभियानअन्तर्गत रौतहटको लौकाहामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले मधेस केन्द्रित दलहरू अवसरवादतर्फ लागेकाले मधेसी जनताको विश्वास कम हुँदै गएको विचार व्यक्त गर्नुभयो । उहाँले राजनीतिक दलले जनताप्रतिको जिम्मेवारी बिर्संन नहुने बताउनुभयो ।

मधेसी जनताको समस्या बुझ्नका लागि हुलाकी मार्गको प्रयोग गरेको उहाँले बताउनुभयो । यात्राका क्रममा मधेसी जनताको कतै सिँचाइको समस्या, कतै बाटाघाटाको समस्या, शिक्षा तथा विभिन्न विकासमा समस्या देखेको जनाउँदै ती समस्याको समाधान गर्न माओवादी दृढ भएर लागिपर्ने उहाँले बताउनुभयो ।

तराई मधेसका एक हजार तीन सय सहिदको रगत बगेकाले देशमा लोकतन्त्र, गणतन्त्र आएको बताउँदै अध्यक्ष दाहालले ती सहिदहरूको योगदान कसैले पनि भुल्न नहुने धारणा राख्नुभयो । विभेदमा पर्ने, विकासबाट वञ्चित भएकाहरूका लागि माओवादी सधैँ लडिरहने उहाँको भनाइ छ । तराई मधेसका दक्षिण भेगका जनसमुदायको सहयोगले मात्रै क्रान्ति सफल हुने उहाँले बताउनुभयो ।  यस यात्रा बहुआयामिक उद्देश्यले हिँडेको अध्यक्ष दाहालले उल्लेख गर्नुभयो ।

केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित अन्य नेताहरूले आ–आफ्नो धारणा राख्नुभएको थियो । अध्यक्ष दाहालले आजै दुर्गाभगवती गाउँपालिका, गौर तथा विभिन्न स्थानमा गएर कार्यकर्ता भेटघाट गर्नुभएको थियो । उहाँले बिहान गरुडाका व्यापारीहरूसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्नुभएको थियो ।

यसैबीच अध्यक्ष दाहाललाई आजै गौर राइस मिल बचाउ अभियानका सदस्यहरूले ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै उहाँले सार्वजनिक जमिन रक्षाका लागि सदैव सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । रासस